काठमाडौँ, शनिबार, १३ असार २०७७ । आज (शनिबार) विभिन्न जिल्लाका थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कुल सङ्क्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनाका सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ३४ पुरुष र १ सय २० जना महिलामा सङ्क्रमण भेटिएको बताउनु भयो ।

आजबाट नेपालका सबै ७७ जिल्लाका मानिसमा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म नेपालमा २ हजार ८ सय ३४ जना निको भएका छन् भने २८ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here