काठमाडौं, मंगलबार, १६ बैशाख २०७७ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी जारी लकडाउन उल्लंघन हुन थालेपछि आज मंगलबारबाट थप कडाई हुने भएको छ ।

सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गरि लकडाउन कडाई गर्न निर्देशन दिएको हो । अत्यावश्यक सेवा बाहेकका सवारी साधन चल्न नदिने, पास कडाईका साथ चेकजाँच गर्न गृहले सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकामा आज बिहान मात्र २ सयभन्दा बढी सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्ने सवारी साधन पनि नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि सरकारले चैत्र ११ गतेबाट लागु गरेको लकडाउन बैशाख २५ गते सम्म जारी राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here