February 24, 2024
खेलकुद

११ औं गोरखा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिरानचोकको हातमा

गोरखा, आइतबार, ८ पौष २०८० । गोरखा जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी सिरानचोक गाउँपालिकाले जितेको छ । सदरमुकाम स्थित रङगशाला खेलकुद मैदानमा आज सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित सहित उपाधी जितेको हो । प्रतियोगितामा सिरानचोकले कुल १६ पदक हात पारेको हो ।

त्यस्तै प्रतियोगितामा पालुङटार नगरपालिकाले ८ स्वर्ण, ३ रजत र ४ कास्य पद सहित दोस्रो हुन सफल भएको छ । पालुङटार नगरपालिकाले कुल १५ पदक जितेको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित कुल ११ पदक सहित तेस्रा हुन सफल भएको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।

आरुघाट गाउँपालिकाले प्रतियोगितामा २ स्वर्ण पदक सहित ८ रजत र ३ कास्य पदक जितेको छ । प्रतियोगितामा १३ पदक जितेर आरुघाट गाउँपालिका प्रतियोगितामा सहभागी ११ पालिका मध्ये चौथो स्थान हात पार्न सफल भएको छ । त्यस्तै गण्डकी गाउँपालिकाले दुई स्वर्ण, ७ रजत र ३ कास्य पदक जितेको आयोजकले जनाएको छ ।

अजिरकोट गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ भने गोरखा नगरपालिका गोरखाले दुई स्वर्ण र ३ कास्य पदक जित्न सफल भएको छ । भीमसेन थापा गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य सहित कुल ५ वटा पदक जितेको छ । त्यस्तै शहीद लखन गाउँपालिकाले तीन कास्य पदक, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिको १/१ कास्य पदक यस पटक चित्त बुझाउन परेको छ ।

प्रतियोगितामा सहभागी मध्ये चुमनुब्री गाउँपालिकाले पहिलो पटक राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएको हो । प्रतियोगिताको उपाधी बिजेता खेलाडीहरुलाई आज नै एक कार्यक्रमका बिच मेडल तथा पुरस्कार प्रदान गरिएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *