Tuesday, February 10, 2026
10.1 C
Kathmandu
spot_img
Homeसंस्कृतिशहीद लखन गाउँपालिका ८ सन्तानेश्वर महादेव मन्दिरमा महाशिवरात्री विशेष कार्यक्रम

शहीद लखन गाउँपालिका ८ सन्तानेश्वर महादेव मन्दिरमा महाशिवरात्री विशेष कार्यक्रम

spot_img

गोरखा, सोमबार, १२ फागुन २०८१ । गोरखाको शहीद लखन गाउँपालिकामा महाशिवरात्री विशेष कार्यक्रम हुने भएको छ । सन्तानेश्वर महादेव मन्दिर व्यवस्थापन संरक्षण समितिको आयोजनामा शहीद लखन गाउँपालिका ८ सन्तानेश्वर महादेव मन्दिरमा महाशिवरात्री विशेष कार्यक्रम हुने भएको हो ।

शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा स्थानीय झाँकी, लाखेनाच, भ्याउरे, भजन, पञ्चेबाजा तथा बाल नृत्यसहितका विभिन्न सांस्कृतिक एवं धार्मिक कार्यक्रमहरू लगायत अन्य विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आगामी फागुन १४ गते महाशिवरात्री पर्वका दिन बिहान ११:३० बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img