Wednesday, March 11, 2026
24.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोरखाको सुलिकोटमा आरन सुधारका लागि आधुनिक औजार वितरण

गोरखाको सुलिकोटमा आरन सुधारका लागि आधुनिक औजार वितरण

spot_img

गोरखा, शनिबार, ७ असार २०८२ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले परम्परागत आरन पेसाको सुधारका लागि अनुदानमा आधुनिक औजारहरू वितरण गरेको छ । गाउँपालिका क्षेत्रमा लामो समयदेखि आरन सञ्चालन गर्दै आएका १४ जना व्यवसायीलाई आधुनिक औजार उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

अध्यक्ष भट्टले परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै लैजान सके पुर्ख्यौली पेसा लोप हुनबाट जोगाउन सकिने बताए। “आरनमा काम गर्नेलाई थप व्यावसायिक बनाउन र प्रविधिमैत्री बनाउन पालिकाले अनुदान कार्यक्रममार्फत आधुनिक औजार उपलब्ध गराएको हो,” उनले भने ।

अध्यक्ष भट्टले परम्परागत पेसालाई संरक्षण गर्दै नयाँ पुस्तालाई यसमा आकर्षित गर्न प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए । “आधुनिक उपकरणको प्रयोगबाट व्यवसायीलाई छिटोछरितो औजार निर्माण गर्न मात्र सहयोग पुग्ने नभई कम लगानीमा धेरै उत्पादन गर्न सक्ने अवस्था बन्छ,” उनले थपे।

गाउँपालिकाले प्रत्येक व्यवसायीलाई रु तीस हजारभन्दा बढी मूल्यका औजार उपलब्ध गराएको छ । आरन सुधार कार्यक्रमअन्तर्गत व्यवसायीहरूलाई विद्युतीय पङ्खा, सुरक्षित पञ्जा, ग्रेडरलगायतका सामग्रीहरू प्रदान गरिएको हो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img