Wednesday, March 11, 2026
24.1 C
Kathmandu
spot_img
Homeआईपीएम फलोअपगोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता सरोज ढुङ्गेल पुरस्कृत

गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता सरोज ढुङ्गेल पुरस्कृत

spot_img

काठमाडौँ, सोमबार, ९ असार २०८२ । गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता सरोज ढुङ्गेल शारदा सुदर्शन देकोटो स्मृति पाँचौ राष्ट्रिय स्वास्थ्य पत्रकारिताबाट सम्मानित हुनुभएको छ ।

डेढ दशकभन्दा बढी समयदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय ढुङ्गेललाई आइतबार ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०८२’ बाट पुरस्कृत गरिएको हो ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले ढुङ्गेललाई सम्मान गर्नुभयो । स्वर्गीय सुदर्शन देवकोटाको १८ औँ पुण्यतीथिको अवसर पारेर आयोजित पुरस्कार हस्तान्तरण समारोहमा ढुङ्गेललाई पुरस्कार प्रदान गरिएको हो । सारदा सुदर्शन देवकोटा फाउण्डेशनले स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा उक्त पुरस्कार प्रदान गर्ने गरेको छ ।

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा (एमाले) का नेता पदम गिरीले स्वास्थ्य पत्रकारिताको ठुलो क्षेत्र रहेको भन्दै स्वास्थ्य पत्रकारले आफ्नो विषयमा पोख्त भएर कलम चलाउनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा बेथितिविरुद्ध कलम चलाउन आग्रह गर्दै पत्रकारले मात्र समाजलाई सही दिशामा अघि बढ्न प्रणित गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष डा. शुधा देवकोटाले आफ्नो बुबाले जिन्दगीभर पत्रकारितामा व्यतित गरेको स्मरण गर्दै समाजमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले पत्रकारदेखि आमनागरिक डराउनुपर्ने अवस्था आउन नहुने बताउनुभयो । उहाँले पत्रकारले सत्यतथ्य छुट्याएर जिम्मेवार भएर तथा विस्तृत अध्ययन गरेर समाचार लेख्न आवश्यक रहेको बताउनुभयो ।

पत्रकार उमेश चौहानले स्व. देवकोटाको योगदानको स्मरण गर्नुभयो । ‘पत्रकारहरूले दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीको अवस्था उजागर गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले पछिल्लो समय पत्रकारका लागि विभिन्न सामाजिक सञ्जालहरू चुनौतीको रूपमा आइरहेको तर अन्ततोगत्वा मूलधारमा रहनेहरूले नै सही रूपमा पत्रकारिता गर्न सक्ने दाबी गर्नुभयो ।

पुरस्कृत पत्रकार ढुङ्गेलले पुरस्कारले थप हौसला प्रदान गरेको बताउनुभयो । कार्यक्रमका सभापति स्वास्थ्य प्रकार मञ्चका कार्यवाहक अध्यक्ष बुद्धि कटेलले फाउन्डेसनले स्वास्थ्य पत्रकारिता बिधालाई समेटेर स्वास्थ्य पत्रकार मञ्चसँग सहकार्य गरी ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेकोमा आभार व्यक्त गर्नुभयो ।

पुरस्कार हरेक वर्ष फाउन्डेसन र स्वास्थ्य पत्रकार मञ्च नेपालको समन्वयमा प्रदान गरिन्छ । गत पाँच वर्षदेखि प्रदान गरिँदै आइएको पुरस्कारको राशी ३३ हजार ३३३ रुपियाँ रहेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img