Wednesday, March 4, 2026
23.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोदावरी नगरपालिकाको नगरसभामा कुल रु. २ अर्ब ७ करोडको बजेट प्रस्तुत

गोदावरी नगरपालिकाको नगरसभामा कुल रु. २ अर्ब ७ करोडको बजेट प्रस्तुत

spot_img

ललितपुर, बुधबार, ११ असार २०८२ । “कृषि, पूर्वाधार, पर्यटकीय नगरी : स्वच्छ, समावेशी, समृद्ध गोदावरी’’ भन्ने मूल लक्ष्यलाई आत्मसात गर्दै, गुणस्तरीय सेवा प्रवाह, सामाजिक न्याय, वातावरण संरक्षण, समावेशीकरण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्यको गुणस्तर अभिवृद्धि र स्थानीय उत्पादन प्रवद्र्धनमा गोदावरी नगरपालिकाको बजेट केन्द्रित गरिएको छ ।

गोदावरी नगरपालिकाको १७औं नगरसभामा नगर उपप्रमुख मुना अधिकारीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. २ अर्ब ७ करोड २२ लाख ९० हजार ४४९ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् । मंगलबार सार्वजनिक गरिएको बजेटमा चालु खर्चतर्फ ४६ प्रतिशत, पूँजीगत खर्चतर्फ ५२ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ २ प्रतिशत रकम विनियोजन गरिएको छ ।

स्वास्थ्य र शिक्षामा झण्डै ७ करोड २५ लाख,सामाजिक विकासमा ११ करोड ८५ लाख,कृषि तथा पशुपालनमा १ करोड ८० लाख,पूर्वाधार विकासमा ४८ करोड ५० लाख,विपद् व्यवस्थापन र वातावरण संरक्षणमा ९ करोड,सूचना प्रविधि र सुशासनमा ३५ करोड र वडास्तरीय कार्यक्रमका लागि २१ करोड बजेट छुट्याइएको छ।

बजेट कार्यान्वयनका लागि नगरपालिकाले आन्तरिक राजश्वबाट ४१ करोड ७४ लाख ९५ हजार, संघीय सरकारबाट ७८ करोड ७२ लाख, प्रदेश सरकारबाट १५ करोड २५ लाख, मालपोत रजिष्ट्रेशनबाट ३७ करोड, चालु आवको वचतबाट ३२ करोड, लागत सहभागिताबाट २ करोड ५० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ ।

नगरसभा समक्ष बजेट प्रस्तुत पछि बोल्दै सभाका अध्यक्ष नगर प्रमुख गजेन्द्र महर्जनले संविधान, संघीय सरकारको नीति, आवधिक योजना तथा नगरवासीको विकास चाहनालाई आत्मसात गर्दै यस वर्षको बजेट तर्जुमा गरिएको बताए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img