Wednesday, March 11, 2026
17.1 C
Kathmandu
spot_img
Homeअर्थ व्यवसायअब अनलाइन व्यवसाय दर्ता अनिवार्य

अब अनलाइन व्यवसाय दर्ता अनिवार्य

spot_img

काठमाडौँ, बुधबार, १८ असार २०८२ । सरकारले विद्युतीय व्यापार (ईकमर्स) मार्फत वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीहरूलाई अनिवार्य रूपमा सरकारी पोर्टलमा सूचीकृत हुन निर्देशन दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक अत्यन्त जरुरी सूचना जारी गर्दै आगामी २ साउनभित्र सूचीकरणका लागि निवेदन पेश गरिसक्न आग्रह गरेको हो ।

विद्युतीय व्यापार ऐन, २०८२ गत वैशाख २ गतेदेखि लागु भएसँगै विभागले ईकमर्स कारोबारलाई नियमन गर्न र व्यवस्थित बनाउन यो कदम चालेको हो । ऐन लागु हुनुभन्दा पहिलेदेखि सञ्चालनमा रहेका र नयाँ सुरु गर्न चाहने सबै प्रकारका अनलाइन व्यवसायीले यो नियम पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सूचीकृत हुनका लागि व्यवसायीले विभागको विद्युतीय व्यापार पोर्टलमा निवेदन दिनुपर्नेछ । निवेदनका साथमा व्यवसायको नाम, ठेगाना, दर्ता भएको निकाय र दर्ता प्रमाणपत्र नम्बर, स्थायी लेखा नम्बर (प्यान), मूल्य अभिवृद्धि कर नम्बर, व्यवसायीको सम्पर्क विवरण, ग्राहक सेवा तथा गुनासो सुन्नका लागि तोकिएको सम्पर्क व्यक्ति वा इकाईको विवरण जस्ता विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

त्यसैगरी, सूचीकरणका लागि प्राइभेट फर्म, साझेदारी फर्म वा कम्पनीको हकमा सम्बन्धित सञ्चालकहरूको पहिचान खुल्ने विवरण र व्यवसायको स्पष्ट सम्पत्ति विवरण जस्ता कागजातहरू पनि आवश्यक पर्ने विभागले जनाएको छ ।

विभागले आफ्नो वेबसाइट doc.gov.np मार्फत निवेदन दिन सकिने र पोर्टल सञ्चालन गर्ने तरिका (म्यानुअल) पनि सोही वेबसाइटमा राखिएको जानकारी दिएको छ । तोकिएको मितिभित्र सूचीकृत नभई व्यवसाय सञ्चालन गरेमा कानुनबमोजिम कारबाही हुनेतर्फ पनि विभागले सचेत गराएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img