गोरखा, शुक्रबार, २७ असार २०८२ । गोरखाको भीमसेन थापा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१÷०८२ मा ८४.८५ प्रतिसत वित्तिय प्रगती हासिल गर्न सफल भएको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्षमा चालु खर्च तर्फ बिनियोजन गरेको बजेटमध्ये ८८. २१ प्रतिसत खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै पूँजीगत तर्फ बिनियोजन गरेको बजेट मध्ये चालु आर्थिक बर्षमा ७६.३७ प्रतिसत खर्च भएको गाउँपालिकाले जनाएको छ ।









