Friday, March 13, 2026
15.1 C
Kathmandu
spot_img
Homeसमाजगुरूङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता, गण्डकी मुख्यमन्त्रीलाई काठमाडौँमा सम्मान

गुरूङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता, गण्डकी मुख्यमन्त्रीलाई काठमाडौँमा सम्मान

spot_img

काठमाडौँ, शुक्रबार, २७ असार २०८२ । गण्डकी प्रदेशले तमु गुरूङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएपछि तमु गुरूङ समुदायले खुसी व्यक्त गरेका छन् । तमू ह्युल छोंज धी गुरूङ राष्ट्रिय परिषदले एक कार्यक्रमकावीच गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सम्मान गरेको हो । आज शुक्रबार काठमाडौंको गोंगबुस्थित तमु ह्युल छोजं धिं गुरूङ राष्ट्रिय परिषद्को सभाहलमा गुरूङ समुदायले एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सम्मान गरेको हो ।

मुख्यमन्त्री पाण्डेले भाषालाई सहज प्रयोगमा ल्याउने सन्दर्भमा सरकारलाई सहयोग गर्न र लिपी समावेश गर्ने विषयमा पनि एकरुपता हुने गरि सहकार्य गर्न गुरूङ र मगर समुदाय संम्बद्ध संघ संस्थालाई अनुरोध गर्नुभयो । मुख्यमन्त्री पाण्डेले अब गुरूङ भाषासँगै खेमा लिपिलाई पनि प्रयोगमा ल्याइने जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सभाबाट हालै गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको थियो। यी दुई भाषाले सरकारी भाषाका रूपमा मान्यता पाएका थिए ।

तमु ह्युल छोंज धिं (गुरूङ राष्ट्रिय परिषद्) का अध्यक्ष धनमान तमुले मुख्यमन्त्री पाण्डे र गण्डकी प्रदेश सरकारलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

गण्डकी प्रदेश सरकारले मगर र गुरूङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिएसँगै मगर र गुरूङ समुदाय सम्वद्ध संघ संस्थाहरुले देशब्यापी रुपमा प्रदेश सरकारको निर्णयको स्वागत गर्दै दिप प्रज्वलन, धन्यवाद कार्यक्रम र सम्मान गरिरहेका छन् ।

मगर र गुरूङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिन बनेको विधेयक गण्डकी प्रदेश सभाबाट असार २४ गते पारित भएको थियो ।

मुख्यमन्त्री पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रमलाई पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी नेता सीता गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष जगत बराम, आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सदस्य भगवती गुरुङ, देवकुमारी गुरुङ, बिसा गुरुङ र डा. टेकबहादुर गुरुङ विशेष अतिथिका रुपमा उपस्थित हुनु भएको थियो ।

गुरुङ समुदायका धेरै संघ-संस्थाका प्रतिनिधिहरू, कलाकार, पत्रकार, बुद्धिजीवी, समाजसेवी र युवाहरूले कार्यक्रममा उपस्थित भएर मुख्यमन्त्रीलाई धन्यवाद प्रकट गर्नु भयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img