Sunday, December 7, 2025
17.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोरखाको धार्चे गाउँपालिकाको चालु आ.ब २०८१/०८२ को वित्तिय प्रगति विवरण ७४.७३ प्रतिशत

गोरखाको धार्चे गाउँपालिकाको चालु आ.ब २०८१/०८२ को वित्तिय प्रगति विवरण ७४.७३ प्रतिशत

spot_img

गोरखा, शुक्रबार, २७ असार २०८२ । धार्चे गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को योजनागत तथा कार्यक्रमगत खर्चको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा कुल ७४.७३ प्रतिसत वित्तिय प्रगति हासिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो । गाउँपालिकाले चालु तर्फ ८३ दशमलव ७१ प्रतिसत बजेट खर्च गर्न सफल भएको उहाँले बताउनुभयो । कुल रु ३२ करोड ४२ लाख ७ हजार ७ सय ७८ बिनियोजन गरिएकोमा २७ करोड १४ लाख ७ हजार ४७५ रुपैया ६२ पैसा खर्च गरिएको छ ।

साथै, पुँजीगत तर्फ चालु आर्थिक बर्षमा ५८ दशमलव ८८ प्रतिसत बजेट खर्च गर्न सफल भएको उहाँले बताउनुभयो । चालु आर्थिक बर्षमा गाउँपालिकाले पुँजीगत तर्फ १८ करोड ३८ लाख १ हजार २२२ रुपैैया बजेट बिनियोजन गरेकोमा रु १० करोड ८२ लाख २८ हजार ८६२ रुपैयाँ ४५ पैसा खर्च गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा पुँजीगत तथा चालु तर्फ कुल ५० करोड ८० लाख ९ हजार बजेट बिनियोजन गरेको थियो । जसमा कुल ३७ करोड ९६ लाख ३६ हजार ३३९ रुपैया ०७ पैसा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनुभयो । गाउँपालिकाले हिजो चालु आर्थिक बर्षमा सम्पन्न सवै योजना तथा कार्यक्रमहरुको रकम भुक्तानी गरेपछि वित्तिय प्रगती सार्वजनिक गरेको हो ।

भौगोलिक विकटताका विचमा पनि गाउँपालिकाले सार्वजनिक गरेको खर्च विवरण अन्यन्तै सन्तोष जनक भएको उहाँको भनाई छ । आगामी वर्षहरुमा अझ बढी कार्यक्षमता र खर्चको प्रभावकारिता वृद्धि गर्न गाउँपालिका प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनुभयो । गाउँपालिकाले सार्वजनिक सेवा पारदर्शी बनाउने उद्देश्यसहित वित्तिय प्रगती विवरण सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img