Wednesday, March 11, 2026
16.1 C
Kathmandu
spot_img
Homeपर्यटननेपाल पर्वतारोहण संघको अध्यक्षमा कुलबहादुर गुरूङको उम्मेदवारी घोषणा

नेपाल पर्वतारोहण संघको अध्यक्षमा कुलबहादुर गुरूङको उम्मेदवारी घोषणा

spot_img

काठमाडौँ, शनिबार, १७ साउन २०८२ । नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी भदौ ७ गते (अगस्ट २३) मा हुने भनिएको संघको निर्वाचनका लागि उनले अधयक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

तीन वर्षको अवधिमा उनले हिमालसँग सम्बन्धित विविध पक्षहरू, चुनौती, अवसर र समाधानबारे प्रत्यक्ष रूपमा बुझ्ने र अनुभूति गर्ने अवसर पाएको बताए । अनुभव र साझा नेतृत्वको आधारमा आफूले अध्यक्षमा उम्मेदारी दिएको बताउँदै उनले नेपालको पर्वतीय पर्यटन केवल हिमाल चढ्ने माध्यम होइन, समुदाय सशक्तिकरण, श्रमिक अधिकार र वातावरण संरक्षणको स्रोत हुनुपर्ने बताए ।

तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिए गुरुङ व्यसायायीहरुमाझ एकेडेमिक व्यक्तित्वका रुपमा परिचत छन् । हिमाली सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन अभियाने चलाइरहेका गुरुङ यसअघिको कार्यकालमा पर्वातारोहण सघंमा महासचिव थिए ।

गुरुङले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा पूर्वउपाध्यक्ष, इन्टरनेसनल क्लाइम्बिङ एण्ड माउन्टेनरिङ फिडिरेसन (उइआ) मा व्यवस्थापन समितिका पूर्व सदस्य, गुरुङ टुरिज्म इन्टरप्रेनर्स एसोसिएसन नेपाल (जिटिन)मा संस्थापक अध्यक्ष, गणेश हिमाल टुरिज्म डेभलपमेन्ट काउन्सिलमा संस्थापक अध्यक्ष, क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटिजमा सचिवलगायत विभिन्न क्लब तथा संघसंस्थाहरुमा विभिन्न जिम्मेवारी पूरा गरिसकेका छन् ।

उनलाई लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सर्वसम्मत रूपमा अध्यक्ष पदका लागि अगाडि सारेको हो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img