काठमाडौँ, आइतबार, १८ साउन २०८२ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ । विभागले आज आइतबार विभागको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसअघिका वर्षमा प्रत्यायनका तीन सय ८६ वटा परीक्षण हुने गरेकामा यस वर्ष आठ सय १४ वटामा क्षेत्र विस्तार गर्न लागिएको जानकारी गराइएको हो ।
राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाले फुड एडिटिभ तथा कन्टामिनेण्ट्स परीक्षण तर्फ १२३ वटा जीवनाशक विषादी अवशेषका प्यारामिटर, ११ वटा खाद्य रंगका प्यारामिटर, ३ वटा कृत्रिम गुलियो पदार्थका प्यारामिटर, ६ वटा खाद्य परिरक्षीका प्यारामिटर, ४ प्रकारका भिटामिनका प्यारामिटर, १९ वटा मेटल्सका प्यारामिटर, ८ वटा अफ्लाटक्सिनका प्यारामिटर लगायतका विभिन्न प्यारामिटर एक्रिडिटेशन क्षेत्र विस्तारमा अद्यावधिक भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
यसका साथै, विभाग अन्तर्गतका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बिराटनगरको खाद्य प्रयोगशाला पनि सन् २०२३ देखि विभिन्न ७ वटा खाद्य पदार्थको २३ वटा केमिकल प्यारामिटरमा अन्तर्राष्ट्रय मान्यता प्राप्त हुने गरी NABL बाट एक्रिडिटेशन भएकोमा यस वर्ष सन् २०२५ मा सो एक्रिडिटेशनमा निरन्तरता तथा प्रत्यायन क्षेत्र विस्तार गर्दै विभिन्न ९ प्रकारका खाद्य पदार्थको ४६ वटा प्यारामिटरमा एक्रिडिटेशन क्षेत्र विस्तारका लागि परीक्षणको कार्य सम्पन्न भएको विभागले जनाएको छ ।
कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले मान्यता दिने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो । परीक्षण गरेपछि प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न तीनदेखि चार वर्ष लाग्ने उहाँले बताउनु भयो । विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको अन्तर्राष्ट्रिय मान्यता प्राप्तिले खाद्य तथा कृषिजन्य वस्तु निर्यातमा थप सहजीकरण तथा प्रवर्द्धन हुने विश्वास विभागले लिएको छ ।
क्षेत्र विस्तारसँगै विभागअन्तर्गतको प्रयोगशालाले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको छ । यसबाट खाद्य तथा दाना पदार्थको नमूना विश्लेषणको विश्वसनीयता कायम राख्न तथा निर्यातमा सहजीकरण गर्न पनि सहयोग मिल्ने विश्वास विभागले लिएको छ ।
विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला (NFFRL) ले सन् २०१२ मा २७ वटा केमिकल प्यारामिटरबाट एक्रिडिटेशन कार्य शुरु भएकोमा सन् २०१५ मा २२ वटा केमिकल तथा १७ वटा माइक्रोबायोलोजिकल गरी ३९ वटा प्याराएमिटरबाट एक्रिडिटेशन भएको र सन् २०१९ मा ७८ वटा केमिकल तथा २४ वटा माइक्रोबायोलोजिकल गरी १०२ वटा परिक्षण प्यारामिटरको लागि NABL बाट एक्रिडिटेशन प्रमाणपत्र प्राप्त गरेको थियो ।
सन् २०२३ मा २४५ वटा केमिकल तथा ४१ वटा माइक्रोबायोलोजिकल गरी २८६ वटा परीक्षण प्यारामिटरको लागि NABL बाट एक्रिडिटेशन भएको थियो। यसै गरी सोहि अवधिमा २८८ वटा केमिकल तथा ६२ वटा माइक्रोबायोलोजिकल गरी ३५० वटा प्यारामिटर भारतको फुड सेफ्टी एण्ड स्टाण्डर्ड अथोरिटी (Food Safety and Standards Authority of India, FSSAI) बाट Integrated Laboratory Assessment भई FSSAI बाट प्रमाणपत्र प्राप्त भएको थियो ।
नेपालको DFTQC र भारतको FSSAI बिच भएको MoU को आधारमा सन् २०२५ अप्रिल ०४ (२०८१ चैत्र २२ गते) मा FSSAI ले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला (NFFRL) बाट परीक्षण भर्इ प्रदान गरिने परिक्षण प्रमाण पत्र (Certificate of Analysis, COA) र खाद्य स्वच्छता तथा गुणस्तर निर्यात प्रमाण पत्र (Food Safety and Quality/Fit for Human Consumption एक्ष्पोर्त Certificate) लाई भारतमा आयात प्रयोजनका लागि मान्यता दिने निर्णय गरी आदेश जारी (Order Issue) गरेको छ । भारतले पहिलो चरणमा विभिन्न ८ प्रकारको खाद्य पदार्थहरु जुस, जाम, जेली, अचार, क्याण्डी, तयारी चाउचाउ, अदुवा तथा ताजा तरकारी एवं फलफुल (Juice, Jam, Jelly, Pickles, Candies, Instant Noodles, Ginger and Fresh fruits and vegetables) को लागि प्रदान गरिने परीक्षण प्रतिवेदन (Certificate of Analysis,
COA) लाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ ।
विगतमा सन् २०२४ सम्म विभागको NFFRL प्रयोगशालाको एक्रिडिटेशन क्षेत्र भित्र कुल २८६ वटा विश्लेषण प्यारामिटर मात्र रहेकोमा यस वर्ष सन् २०२५ (वि. सं. २०८२) मा बिभागले सो मा ब्यापक विस्तार गरी ६७२ वटा केमिकल पारामिटर तथा १४२ वटा माइक्रोबायोलोजिकल पारामिटर गरी कुल ८१४ वटा परिक्षण प्यारामिटरको लागि NABL बाट एक्रिडिटेशन क्षेत्र विस्तार गरि एकृडिटेशन प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
यसै गरी हालै विभागले ५३८ वटा केमिकल तथा १४२ वटा माइक्रोबायोलोजिकल गरी ६८० वटा प्यारामिटरको लागि FSSAI र NABL बाट एकिकृत प्रयोगशाला मुल्यांकन (Integrated Laboratory Assessment) भई FSSAI र NABL बाट मान्यता स्वरुप एकिकृत प्रत्यायन प्रमाणपत्र (Integrated Accreditation Certificate) प्राप्त गरेको छ ।
यसै वर्ष २०८२ मा विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण हुने खाद्य तथा दाना पदार्थको २२ वटा खाद्य तथा दाना पदार्थ समूहहरु (Food Groups) का विभिन्न खाद्य तथा दाना पदार्थको प्रयोगशालामा परीक्षण गरिने सबै प्रकारका केमिकल तथा माइक्रोबायोलोजिकल परिक्षण प्यारामिटरहरुको लागिNABL बाट एक्रिडिटेशन प्रमाणपत्र प्राप्त गरेको छ ।
खाद्य तथा दाना पदार्थको नमूना विश्लेषण कार्यको विश्वसनीयता कायम राख्न तथा खाद्य पदार्थको निर्यातमा सहजीकरण तथा प्रबर्द्धन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभाग अन्तर्गतका खाद्य प्रयोगशालामा परीक्षण गरिने प्रतिवेदन Certificate of Analysis लाई अन्तर्राष्ट्रय मान्यता प्राप्त गर्न National अच्क्रेदितेशन Board for Testing and Calibration Laboratories (NABL) द्वारा ISO/IEC 17025: 2017 बाट प्रत्यायन (एक्रिडिटेशन) गर्ने तथा त्यसको क्षेत्र विस्तार ( Accreditation Scope Extension गर्ने कार्य गर्दै आएको विभागले जनाएको छ ।









