Wednesday, March 11, 2026
24.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोरखाको सहिद लखन गाउँपालिकाले गर्यो वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

गोरखाको सहिद लखन गाउँपालिकाले गर्यो वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

spot_img

गोरखा, सोमबार, १९ साउन २०८२ । गोरखाको सहिद लखन गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रम समापन गरेको छ ।

पालिकाको सभाहलमा शुक्रबार भएको कार्यक्रममा गत वर्ष भएका योजना र कार्यक्रमको समीक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिनुभयो । कार्यक्रममा पालिकाका सम्पूर्ण विषयगत शाखा र ९ वटै वडाको वार्षिक कार्यसम्पादन प्रतिवेदन पेस गरिएको उहाँले बताउनु भयो ।

गाउँपालिकाले गत आर्गिक वर्षमा ७९.१८ प्रतिशत बजेट खर्च गरेको छ । ६३ करोड ३८ लाख ८४ हजार ६५५ रुपैयाँ ४३ पैसा बजेट विनियोजन गरेको थियो । जसमा ५० करोड १९ लाख २९ हजार २०६ रुपैयाँ ३३ पैसा खर्च भएको गाउँपालिकाले जनाएको छ । जसअन्तर्गत पुजीगत तर्फ ७५.७३ प्रतिशत र चालु तर्फ ८०.२९ प्रतिशत खर्च भएको छ ।

गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, स्थानिय राजनितिक दलका प्रमुख एवं प्रतिनिधिले वार्षिक प्रतिबेदनका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img