Wednesday, March 11, 2026
24.1 C
Kathmandu
spot_img
Homeराजनीतिबागमती मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको दाबी पेश

बागमती मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको दाबी पेश

spot_img

काठमाडौँ, सोमबार, १९ साउन २०८२ । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । कांग्रेस बागमती प्रदेशसभाका सदस्य बिमल ठकुरीले कांग्रेस र एमालेको गठबन्धनअनुसार सरकार बनाउन दाबी गरिएको बताए । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यी दुई दलको गठबन्धनसँग स्पष्ट बहुमत छ ।

बानियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी पेस गरेका हुन् । यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद मुख्यमन्त्री हुने व्यवस्था छ ।

यसअघिका मुख्यमन्त्री कांग्रेसकै बहादुरसिंह लामाले कांग्रेसभित्रको आन्तरिक विवादमा संसदीय दलमा विश्वास गुमाएका थिए ।

संसदीय दलको नेतामा उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको थियो । त्यसपछि नयाँ संसदीय दलको नेताको चुनावमा पनि उनी पराजित भएका थिए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले लामालाई राजीनामा दिन सुझाएका थिए ।

लामालाई संसदीय दलको नेतामा पराजित भएका बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् । आजै बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img