Friday, March 13, 2026
17.1 C
Kathmandu
spot_img
Homeस्वास्थ्यगोरखामा सुविधा सम्पन्न अस्पताल निर्माण

गोरखामा सुविधा सम्पन्न अस्पताल निर्माण

spot_img

गोरखा, मंगलबार, २० साउन २०८२ । गोरखामा निजी स्तरबाट सुविधा युक्त अस्पताल निर्माण सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नम्बर –८ को अर्चले फाँट, नमूना प्रतिक्षालय टोलमा अस्पताल हालै निर्माण सम्पन्न भएको अस्पताल ब्यवस्थाप समितिका अध्यक्ष लेखराज पन्तले जानकारी दिनुभयो ।

गोरखा र चिवतनका ब्यवसायीहरु मिलेर ५५ करोड ७५ लाख २५ हजार खर्चेर सुविधा सम्पन्न एनपिआइ अस्पतालको निर्माण गरीएको उहाँले बताउनुभयो । गोरखामा निमार्ण सम्पन्न अस्पताल चितवनको भरतपुरमा रहेको एनपिआइ नारायणी सामुदायिक अस्पताल संग आबद्व रहेको अध्यक्ष पन्तको भनाई छ । अध्यक्ष पन्तका अनुसार अस्पताल सञ्चालनकोलागि हालै मात्र गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट १०० बेडको स्विकृती पाएको छ ।

आउदो भाद्र १ गतेबाट सञ्चालमा ल्याउने तयारी गरिहेको एनपिआई अस्पतालले सबै सेवाकालागि अत्याधुनिक मेशिनहरु खरिद गरेर जडान गरिसकेको छ ।

२०७७ साल माघ ५ गतेबाट निर्माण सुरु गरेको अस्पताल ६ बर्षपछी निर्माण सम्पन्न भएको हो । भवन निर्माण निर्माणकोलागि शेयर सदस्यहरुबाट २२ करोड ८८ लाख र बैंक मार्फत २६ करोड २२ लाख ऋण लिएर निर्माण गरिएको अध्यक्ष पन्तले बताउनुभयो । ९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै, भिआईपीहरुको सेवाकालागि समेत वार्ड बनाइएको छ ।

जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको छ । अस्पतालले सुरुमा ७ विशेषज्ञ चिकित्सकहरु सहित सेवा दिने भएको छ । अस्पतालले ७ विशेषज्ञहरुमा फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने भएको छ ।

त्यस बाहेक पनि नाक, कान, घाँटी रोग, छालारोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत अस्पतालबाट पाउन सकिने अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img