Tuesday, February 10, 2026
8.1 C
Kathmandu
spot_img
Homeसंस्कृतिआज गाईजात्रा पर्व

आज गाईजात्रा पर्व

spot_img

काठमाडौँ, आइतबार, २५ साउन २०८२ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर विशेष कार्यक्रमका साथ मनाइँदैछ । यो पर्व खासगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ ।

आजको दिन दिवंगत आफन्तको सम्झनामा गाई वा गाईको भेषमा सजिएका मानिसलाई आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने गरिन्छ । धार्मिक विश्वास अनुसार, यसरी नगरपरिक्रमा गर्दा मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार गर्छन् । परिक्रमा गराउँदा श्रद्धालुहरूले गाईजात्रामा सहभागीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्छन् ।

यस पर्वको सुरुवात राजा प्रताप मल्लको पालादेखि भएको मानिन्छ । पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन राजाले जनतालाई आफ्ना दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएका थिए । जब रानीले धेरै मानिसले पनि यस्तै शोक व्यहोरेको देखिन्, तब उनको मनमा शान्ति मिलेको जनविश्वास छ । त्यसपछि रानीको मन थप शान्त पार्न राजाले हास्यव्यङ्ग्यका कार्यक्रमहरू गराउने आदेश दिएको र त्यसैबेलादेखि हास्यव्यङ्ग्यको प्रचलन चलेको मानिन्छ ।

गाईजात्राको एउटा महत्त्वपूर्ण पक्ष हाँस्यव्यङ्ग्य पनि हो । विगतमा पञ्चायती व्यवस्थाको विरोधमा गरिएका व्यङ्ग्यका कारण यो पर्वमाथि प्रतिबन्ध पनि लगाइएको थियो। तर, वि.सं. २०३३ सालदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा यसलाई पुन: सुरु गर्‍यो । आजभोलि गाईजात्राको अवसरमा सामाजिक विकृति र विसङ्गतिहरूलाई मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले उजागर गर्ने गरिन्छ ।

गाईजात्रा काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पोखरा, इलाम, धरान, विराटनगरलगायत नेवार समुदायको बाहुल्य भएका सहरहरूमा मनाइन्छ। सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

त्यसैगरी, नेवार समुदायको बाहुल्य भएका अन्य स्थानीय तहहरू सबैमा सार्वजनिक बिदा ती स्थानीय तहले दिएका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img