Tuesday, March 10, 2026
20.1 C
Kathmandu
spot_img
Homeप्रदेश विशेषआरुघाटबाट सिधै धादिङ हुदै काठमाडौँ गाडी जान पायो भने बाटो छोटो पर्छ...

आरुघाटबाट सिधै धादिङ हुदै काठमाडौँ गाडी जान पायो भने बाटो छोटो पर्छ : अध्यक्ष गुरुङ

spot_img

गोरखा, मंगलबार, ३ भाद्र २०८२ । पालिकाभित्र संचालन हुने सार्वजनिक यातायातको रुट परिवर्तन गर्न आरुघाट गाउँपालिकाले माग गरेको छ । गोरखा बजार हुदैँ काठमाडौं जाने रुटलाई सिधै धादिङबाट जाने व्यवस्था मिलाइदिन पालिकाले माग गरेको हो । सोमवार जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङलाई पत्राचार गर्दै हाल संचालनमा रहेका चार वटा रुट परिवर्तन गरिदिन पालिकाले माग गरेको छ ।

आरुघाटको आरुपोखरी, थुमि, आप्रिक र मान्वुबाट काठमाडौंका लागि छुट्ने सार्वजनिक यातायात गोरखा बजार नगई सिधै धादिङबाट काठमाडौ जाने व्यवस्था मिलाइदिन आग्रह गरिएको पालिका अध्यक्ष राजु गुरुङले बताए । ‘अहिले आरुघाटबाट गोरखा बजार हुदै काठमाडौं जाने गरेको छ,’ उनले भने, ‘गोरखा बजार नगई आरुघाटबाट सिधै धादिङ हुदै जान पायो भने बाटो पनि छोटो पर्छ, भाडादर पनि कम लाग्छ ।’ स्थानीयको मागलाई मध्यनजर गर्दै रुट परिवर्तनका लागि प्रशासनसँग आग्रह गरिएको उनले बताए ।

नयाँ रुट निर्धारणका लागि गोरखा र धादिङमा रहेका यातायात सेवा प्रालि र व्यवसायीसँग पटक पटक छलफल हुदाँ समेत समस्या समाधान हुन नसकेको उनको भनाइ छ । नयाँ रुट निर्धारण हुन नसक्दा नागरिकहरु मर्कामा परेको र खर्च समेत बढेको उनले जानकारी दिए । भित्रि रुपमा सिन्डिकेट कायमै रहेको भन्दै नयाँ रुट कायम गरी यातायात संचालनको व्यवस्था मिलाउन पालिकाले अनुरोध गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img