Tuesday, March 10, 2026
24.1 C
Kathmandu
spot_img
Homeअर्थ व्यवसायअसोज १ देखि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य

spot_img

काठमाडौँ, मंगलबार, ३ भाद्र २०८२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्न अनुरोध गरेको छ । विभागले आज एक सूचना जारी गर्दै असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको हो ।

गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णयानुसार, सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सबै सवारीधनीहरूले सम्बन्धित यातायात कार्यालयमा गई हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। विभागले जारी सूचना मार्फत सबैलाई जानकारी गराउँदै आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

सूचनामा विभागले भनेको छ, “सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयमा गई High Security Embossed Number Plate जडान गर्नु हुन यो सूचना मार्फत जानकारी गराइन्छ।”

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img