गोदावरी, मंगलबार, ३ भाद्र २०८२ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन अब १७ दिन बाँकी छ । महाधिवेशन नजिकिँदै जाँदा त्यसको तयारी पनि तीब्ररूपमा अगाडि बढिरहेको छ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालकाे नेतृत्वमा एमाले शीर्ष नेताहरूले आज मंगलबार बिहान महाधिवेशन स्थलको निरीक्षण गर्नु भयो ।
नेकपा एमाले पार्टीका बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरूले गत साउन २२ गते पहिलो पटक महाधिवेशन स्थलको निरीक्षण गर्नुभएको थियो ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २०–२२ सम्म हुने विधान महाधिवेशनको तयारीको क्रममा आज महाधिवेशन सन्दर्भका विभिन्न जिम्मेवारीमा रहनुभएका नेताहरूले महाधिवेशन स्थल सनराईज हलको निरीक्षण गरी व्यवस्थापनको कामलाई चुस्त र व्यवस्थित बनाउनका लागि आवश्यक सबै पक्षका बारेमा अध्ययन र विमर्श गर्नुभयो ।

पार्टीका उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको नेतृत्वको निरीक्षण टोलीमा स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, राजेन्द्र गौतम, कृष्णगोपाल श्रेष्ठ, पोलिटव्यूरो सदस्य विनोद श्रेष्ठ, सुशीला नेपाल, केन्द्रीय सदस्य निरज आचार्य, रुपनारायण श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, बाग्मती प्रदेश कमिटी सचिव नवराज सिलवाल, भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, गाेदावरी नगरपालिका ३ का अभिवाभक माननीय कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसुदन पौडेल,लगायत नेताकार्यकर्ताहरू सहभागी हुनुहुुन्थ्यो ।

साथै, सोही स्थलगत निरिक्षणका क्रममा नेकपा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषाेत्तम आचार्य, श्री राम आचार्य, गम्भिर राणा, रमेश चन्द्र घिमिरे, राजेन्द्र न्याैपाने, चिन लामा, दिनेश सिलवाल, शान्ता कुमार माेक्तान, प्रविण जंग थापा , प्रल्हाद सिलवाल, गाेनपा ३ वडा कमिटी सचिव सराेज सिलवाल लगायत उपस्थित रहेकाे थियाे ।
गोदावरीको भएको भूमी सम्बन्धि समस्या समाधान गर्ने बिषयमा चासो दिनु भयो ।
उहाँहरूले महाधिवेशन स्थलको समग्र पाटोको निरीक्षण गर्नुभएको छ । एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म गोदावरीमा हुनेछ।









