Tuesday, February 10, 2026
8.1 C
Kathmandu
spot_img
Homeराजनीतिप्रधानमन्त्री समक्ष गोदावरी ३ नहर बस्ती जनताको पीडा र समस्याका बारेमा ध्यानाकर्षण

प्रधानमन्त्री समक्ष गोदावरी ३ नहर बस्ती जनताको पीडा र समस्याका बारेमा ध्यानाकर्षण

spot_img

गोदावरी, शुक्रबार, ६ भाद्र २०८२ । गोदावरी नगरपालिका वडा नं ३ नहर बस्तीको समस्याका बारेमा सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली समक्ष समग्र बस्तिका बारेमा ध्यानाकर्षण गराएका छन् । आजसम्म पनि भूमिहीन सुकुम्बासीले लालपुर्जा प्राप्त गर्न नसकेको, नहर बस्तीमा वर्षौंदेखि भोग्दै आएको बिभिन्नसमस्या समाधानका लागि नेकपा (एमाले) गाेदावरी ३ नं कमिटीले आज बालुवाटारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष भेटेर ध्यानाकर्षण गराएका हुन् ।

भुलबस शहरी बिकास मन्त्रालयको भोगमा दर्ता हुन गएको नहर बस्तीको भुमी छुट्याई सुकुम्बासीको नाममा दर्ता गरी लालपुर्जा प्रदान गर्न पहल गरिएको नेकपा (एमाले) गाेदावरी ३ नं कमिटी अध्यक्ष प्रल्हाद सिलवालले जानकारी दिनु भयो ।

नेकपा (एमाले) गाेदावरी ३ नं कमिटीले प्रधानमन्त्री केपि शर्मा ओलि समक्ष बुझाएको पत्र



 										
सम्मानीय प्रधानमन्त्री एव श्रद्धेय अध्यक्ष केपी शर्मा ओली ज्यु ।

         बिषय:- नहर बस्तीको भुमी छुट्याई शुकुम्बासीको नाममा दर्ता गरी न्याय गर्ने सम्बन्धमा ।

 सम्मानिय प्रधानमन्त्री ज्यू ,
        
प्रस्तुत विषयमा ने. क. पा. एमाले श्रमजीवी, सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टी भएको र सम्मानिय प्रधानमन्त्री तथा श्रद्धेय अध्यक्ष ज्यु हाम्रो पार्टीको गौरवशाली इतिहास बोकेको नेता एवंम हाम्रो अभिभावक समेत हुनुहुन्छ । 

गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको भूमिहिन सुकुम्बासीहरुको नहरटोल बस्ती मिति २०२८ सालमा तत्कालिन श्री ५ को सरकारले बनस्पती उद्यान गोदावरी निर्माण गर्ने क्रममा गोदावरी न. पा. वडा नं. ३, ललितपुर गोदावरीको पाल्टाङ्को चौर बाट नहर बसस्तीमा रहेको सुकुम्बासीहरुको नाममा दर्ता प्रमाणित रही जग्गा धनि प्रमाण पूर्जा समेत भएको निजी जग्गा अधिकरण गरी हाल बसोबास गरेको नहर बस्तीमा सोही अवस्थामा श्री ५ को सरकारले जग्गाको स्रोतभर्ना दिने गरी तत्कालिन श्री ५ को सरकारले व्यवस्थापन सहितको स्थानान्तरण गराएकोमा हालसम्म पनि निजहरुले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गर्न नसकेको व्यहोरा साथै २०७७ सालमा हाम्रो सरकारको मन्त्री परिषदबाट  क. देवी ज्ञवालीज्यूको अध्यक्षतामा भूमि आयोग गठन गरी उक्त भूमि आयोग र त्यसपश्चातको आयोगको  निरन्तरतामा वास्तविक सुकुम्बासीहरुको पहिचान गरी धारा बत्ति साथै २०७२ सालको भुकम्पको रातो कार्ड पाई हाल निस्सा समेत वितरण गर्ने कार्य सम्पन्न भई जग्गा नाप जाँचको चरणमा पुगेको अबस्था सम्मानिय प्रधानमन्त्री समक्ष अवगत गराउँदछौं ।  

यस अवस्थामा गोदावरी स्थित सनराइज सम्मेलन केन्द्र अगाडि रहेको सुकुम्बासी नहरटोल बस्तीको स्थलगत निरीक्षण होस् भन्ने जनचाहना रहे अनुरुप निरिक्षण गरि २०७६ सालको हाम्रै नेतृत्वको सरकारको पालामा मन्त्रिपरिषद्को निर्णयद्वारा सनराइज सम्मेलन केन्द्र निर्माणको निर्णय गर्दा उक्त समयमा शहरी विकास मन्त्रालय तथा राष्ट्रय आयोगबाट स्थलगत निरिक्षणको कमिले गर्दा उक्त सनराइज सम्मेलन केन्द्रको क्षेत्र भित्र  पुरानो नहर बस्तीको बसोबास क्षेत्र समेत साविक किटिनी ५. (क)  कि. नं. ३४७ पर्न गएकोले किटिनी ५. (क)  कि. नं. ३४७  लाई उक्त सनराइज सम्मेलन केन्द्रको क्षेत्रको शहरी विकास  मन्त्रालयबाट छुटाई वास्तवकि भूमिहिन सुकुम्बासीको नाउँमा दर्ता गराउन तथा दिर्घकालीन रुपमा समस्या समाधान गर्ने पहलकदमी होस भनि सम्मानिय प्रधानमन्त्री तथा हामी नेकपा एमालेका अभिभावक एवंम  श्रद्धेय अध्यक्ष ज्यू समक्ष ने. क. पा. (एमाले) गोदावरी ३ नं.  वडा कमिटी हार्दिक अनुरोध गर्दछौं ।

सम्मानिय प्रधानमन्त्री तथा हामी नेकपा एमालेका अभिभावक एवंम  श्रद्धेय अध्यक्षबाट जनताको समस्या यथाशीघ्र समाधान हुनेछ भन्ने कुरामा ने. क. पा.( एमाले) गोदावरी  ३ नं.  वडा कमिटी  र स्थानीय भूमिहिन विश्वासत छौं ।
			           																   
प्रल्हाद सिलवाल
अध्यक्ष		
नेकपा (एमाले) गो.न.पा ३ नं. वडा कमिटी

प्रधानमन्त्री समक्ष भेटघाट पश्चात नहर बस्तीका जनताको पीडा र आवाजलाई सरकारसम्मकाे पहलले अब सकारात्मक परिणाम ल्याउने नेकपा (एमाले) गाेदावरी ३ ले विश्वास लिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img