Wednesday, March 4, 2026
23.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषभिमसेनथापा गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा गण्डकी प्रदेशमा तेस्रो

भिमसेनथापा गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा गण्डकी प्रदेशमा तेस्रो

spot_img

गोरखा, आइतबार, ८ भाद्र २०८२ । गोरखाको भिमसेनथापा गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सार्वजनिक गरिएको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

नेपालभरका सबै स्थानीय तहहरुको सेवा प्रवाह, सुशासन, पारदर्शिता, विकास निर्माण र नागरिकमैत्री कार्यशैलीलाई आधार बनाएर गरिएको मूल्याङ्कनमा भिमसेनथापा गाउँपालिकाले ८७ दशमलव ७५ अंक प्राप्त गरेको छ । यससँगै गाउँपालिका गण्डकी प्रदेशमै तेस्रो स्थानमा उक्लन सफल भएको छ भने गोरखा जिल्लामा भने पहिलो स्थान हासिल गरेको छ ।

गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराका अनुसार यो सफलता आकस्मिक नभई योजनाबद्ध कार्यशैली र सबै सरोकारवालाको निरन्तर परिश्रमको प्रतिफल हो । उहाँले भन्नुभयो, “यस उपलब्धिको श्रेय सम्पूर्ण गाउँवासी, जनप्रतिनिधि, कर्मचारी, सेवा उपयोगकर्ता र सरोकारवालालाई जान्छ । हामी सबैको सामूहिक प्रतिबद्धता र सक्रिय सहभागिताकै कारण भिमसेनथापा गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्टतर्फ उक्लिन सफल भएको हो ।”

संघीय मन्त्रालयले सार्वजनिक गर्ने संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्थानीय तहलाई मूल्याङ्कन गर्न १० वटा सूचक प्रयोग गरिएको थियो । यसमा सेवा प्रवाहको गुणस्तर, विकास–निर्माणको प्रभावकारिता, सुशासन र पारदर्शिता, आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरण, नागरिकको सहभागिता लगायतका मापदण्डलाई आधार बनाइएको थियो ।

गाउँपालिकाले हासिल गरेको यो सफलता केवल संस्थागत गौरव मात्र नभई सम्पूर्ण पालिकावासीको सामूहिक उपलब्धि भएको गाउँपालिका अध्यक्ष बञ्जाराले उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह, दिगो विकास र सुशासनलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

भिमसेनथापा गाउँपालिकाले हासिल गरेको यो सफलता स्थानीय तह सुदृढीकरण र जनतामुखी शासन प्रणालीतर्फको महत्वपूर्ण कदम मानिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img