Tuesday, February 10, 2026
8.1 C
Kathmandu
spot_img
Homeसंस्कृतिललितपुरमा श्री गणेश मन्दिर उत्सव कार्यक्रम सम्पन्न

ललितपुरमा श्री गणेश मन्दिर उत्सव कार्यक्रम सम्पन्न

spot_img

ललितपुर, बिहीबार, १२ भाद्र २०८२ । श्री गणेश मन्दिर उपभोक्त समिति ललितपुर महानगरपालिक वडा नं. ५ को आयोजनामा ललितपुरमा श्री गणेश मन्दिर उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. ५ अन्तर्गत हरितपार्क, दामोदर मार्गमा आयोजित श्री गणेश मन्दिर उत्सव कार्यक्रम धार्मिक उत्साहका साथ सम्पन्न भएको हो । सहभागीहरूले भगवान् गणेशको पूजाआराधना गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र समाजमा आपसी एकता तथा सद्भाव विस्तार गर्नुपर्ने विषयमा जोड दिनु भयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मंजली शाक्य बज्राचार्य, ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिकासमान श्रेष्ठ, जनप्रतिनिधि, स्थानीय बासिन्दा, उपभोक्ता समितिका सदस्यहरू लगायत अन्य अतिथि महानुभावको उपस्थिति रहेको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img