Wednesday, March 4, 2026
23.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियतोडफोड, लुटपाट, आगजनी र व्यक्ति लक्षित आक्रमण गरे कडा कारबाही गरिने सेनाको...

तोडफोड, लुटपाट, आगजनी र व्यक्ति लक्षित आक्रमण गरे कडा कारबाही गरिने सेनाको प्रष्टोक्ति

spot_img

काठमाडौँ, बुधबार, २५ भाद्र २०८२ । नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै सेनाले साँझ जारी कर्फ्यू भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको हो । त्यसपछि परिस्थिति हेरेर थप निर्णय गर्ने बताएको छ ।

यस्तै नेपाली सेनाले आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानका लागि सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको जनाएको छ ।

यस्तै सेनाले आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरूलाई दण्डनीय अपराधका रूपमा लिएर सुरक्षाकर्मीबाट कडा कारबाही हुने पनि बताएको छ ।

यस्तै सेनाले अवकाश प्राप्त सैनिक लगायत सुरक्षाकर्मी सबै सेवाका राष्ट्रसेवकहरू सञ्चारकर्मी तथा आम नागरिकहरूमा अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न र आधिकारिकतामा मात्र विश्वास गर्न अनुरोध गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img