Friday, March 13, 2026
16.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियवार्तामार्फत शान्तिपूर्ण निकास खोजौं : प्रधानसेनापति

वार्तामार्फत शान्तिपूर्ण निकास खोजौं : प्रधानसेनापति

spot_img

काठमाडौँ, बुधबार, २५ भाद्र २०८२ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी आन्दोलनलाई शान्तिपूर्ण समाधानका लागि वार्तामा आउन आग्रह गर्नुएकाे छ ।

मंगलबार साँझ भिडियोमार्फत राष्ट्रलाई सम्बोधन गर्दै उनले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी संवादको बाटो समात्न आह्वान गर्नुभएकाे हाे । “वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो,” उहाँले भन्नुभयाे ।

देशभर जारी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिग्देलले दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्नुभएकाे छ । साथै, शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्नुभयाे ।

उहाँले भन्नुभएकाे छ , “शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्नु सबै नेपालीको साझा दायित्व हो।”

‘हालसम्म धेरै क्षति भएकाले थप क्षति हुन नदिन, शान्ति सुरक्षा र अमनचयन राष्ट्रिय एकता र सद्भाव कायम गर्नु नेपालीको साझा दायित्व हो । सार्वजनिक एवं नागरिकको सम्पत्ति, कुटनीतिक नियोक र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु साझा कर्तव्य हो’, सेनापतिले भन्नुभएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img