Friday, March 13, 2026
15.1 C
Kathmandu
spot_img
Homeप्रदेश विशेषविषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संवाद र एकताको आवश्यक छ: मुख्यमन्त्री पाण्डे

विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संवाद र एकताको आवश्यक छ: मुख्यमन्त्री पाण्डे

spot_img

पोखरा, बिहीबार, २६ भाद्र २०८२ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता, संवाद र एकताको आवश्यक बताउनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभएको छ, ‘विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो ।’

राष्ट्रपति रामचन्द्र पौडेलले अघि बढाएको संवाद पहल स्वागतयोग्य रहेको भन्दै उहाँले यो पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चार जगतलगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ ।

युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img