काठमाडौँ, आइतबार, २९ भाद्र २०८२ । काठमाडौं महानगरपालिका परिसरका विद्यालयहरूमा सोमबारबाट पठनपाठन सुरू हुने भएको छ ।
शनिबार सूचना जारी गर्दै महानगरले विद्यालयमा कर्मचारी तथा शिक्षकहरू आइतबार नै उपस्थित भएता पनि पठनपाठन भने सोमबारबाट सुरू हुने जनाएको हो।
आज आइतबार विद्यालयको प्रशासनिक काम हुने र क्षति भए/नभएको जानकारी तथा विवरण महानगरमा पठाउन भनिएको छ ।
यस्तै, सञ्चालन गर्न सक्ने स्थिति भए सोबारदेखि पठनपाठन हुनेछ । अभिभावकसँग विद्यालयमा आउन-जान र नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरणको व्यवस्था समेत मिलाइने महानगरले जनाएको छ ।
भदौ २३ र २४ गते जेनजीहरूको नाममा भएको आन्दोलनपछि विद्यालयहरू बन्द गरिएका थिए ।