Wednesday, March 4, 2026
23.1 C
Kathmandu
spot_img
Homeप्रदेश विशेषचितवनमा जनजीवन सामान्य बन्दै

चितवनमा जनजीवन सामान्य बन्दै

spot_img

काठमाडौँ, आइतबार, २९ भाद्र २०८२ । जेन-जी आन्दोलनका कारण बन्द भएका यहाँका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक र संस्थागत विद्यालय बन्द भएका थिए ।

शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सबै विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा जिल्लाको जनजीवन शान्त बन्दै गएकाले सबै शैक्षिक संस्था र लामो 및 छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न भनिएको छ ।

आजदेखि सबै कार्यालयबाट सम्भव भएसम्मका सेवा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ । सेवा उपलब्ध गराउन नसक्ने कार्यालयको हकमा त्यहीअनुसारको सूचना सम्प्रेषण गर्ने, सबै कार्यालयले सेवाग्राहीलाई नम्र र विनम्र रूपमा प्रस्तुत भई संवाद गर्ने सूचनामा उल्लेख छ ।

तोडफोड, आगजनी भएका कार्यालयको सरसफाइ कार्यालयकै कर्मचारीबाट गराउने र कार्यालयका कर्मचारीले सम्भव नहुने प्रकृतिका सरसफाइका लागि थप जनशक्ति व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने, नेपाल विद्युत् प्राधिकरणले जलेका मिटर तत्काल जडान गर्ने, खानेपानी कार्यालयले खानेपानी आपूर्तिको सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

कार्यालय प्रमुखहरूको बैठकले यो निर्णय गरेको अर्यालद्वारा जारी सूचनामा जनाइएको छ । तोडफोड र आगजनीबाट भएको क्षति मूल्याङ्कनका लागि गठित समितिसँग समन्वय गरी तत्काल क्षतिको विवरण एकिन गर्न पनि सबै कार्यालयलाई निर्देशन दिइएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img