Wednesday, March 4, 2026
22.1 C
Kathmandu
spot_img
Homeसमाजमृतकको सम्झनामा दीप प्रज्वलन, घाइतेलाई स्वास्थ्यलाभको कामना

मृतकको सम्झनामा दीप प्रज्वलन, घाइतेलाई स्वास्थ्यलाभको कामना

spot_img

काठमाडौँ, आइतबार, २९ भाद्र २०८२ । यही भदौ २३ र २४ गते जेन–जीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा दीप प्रज्वलन गरिएको छ ।

ठमेलका रात्रिकालीन व्यवसायीले आज नर्सिङ चोकमा जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि तथा शोकसभा गरेका हुन् ।

शोकसभामा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले जेनजीको प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । सोही अवसरमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

त्यस्तै सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै आज बौद्ध स्तूपामा द्वीप प्रज्जवलन गरिएको छ ।

स्वतन्त्र रूपमा भेला भएका उनीहरूले मैनबत्ती बालेर श्रद्दान्जली अर्पण साथै स्वास्थ्यलाभीको कामना गरेका हुन् । सोमबार भएको आन्दोलनमा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ ।

यस्तै, जेनजीको प्रदर्शनका कारण बन्द भएका ठमेलका व्यवसाय सञ्चालन हुन थालेका छन् । परिषद्ले आज एक विज्ञप्ति जारी गरी रातको समयमा पनि सञ्चालन हुने व्यवसाय भने सुरक्षाका कारण राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img