Wednesday, March 11, 2026
17.1 C
Kathmandu
spot_img
Homeशिक्षागोरखाको पालुङटार नगरपालिकाका सबै विद्यालय आजदेखी सञ्चालन हुने

गोरखाको पालुङटार नगरपालिकाका सबै विद्यालय आजदेखी सञ्चालन हुने

spot_img

गोरखा, आइतबार, २९ भाद्र २०८२ । गोरखाको पालुङ्टार नगरपालिका भित्रका सबै विद्यालय आज आईतबारबाट नियमित सञ्चालन हुने भएको छ ।

जेन-जी पुस्ताले सञ्चालन गरेको आन्दोलनका कारण पालुङटार नगरपालिकाभित्र असुरक्षा र अन्योल सिर्जना भएको भन्दै गत भदौ २४ गतेदेखि सबै विद्यालय बन्द गरिएको थियो । तर, अब अवस्था सामान्य भइसकेको भन्दै नगरपालिकाले बिद्यालय सञ्चालन हुनेगरी नगरपालिकाले सूचना समेत जारी गरेकाे छ ।

नगरपालिकाको निर्णयअनुसार आगामी भदौ २९ गते आइतबारदेखि नगरभित्रका सबै शैक्षिक संस्थाहरू नियमित रूपमा सञ्चालन हुने अध्यक्ष विवस चिन्तनले जानकारी दिनुभयो ।

यसअघि आन्दोलनका कारण विद्यालय क्षेत्रमा पठनपाठन अवरुद्ध भएको भन्दै पालुङटार नगरपालिकाले सुरक्षा दृष्टिकोणले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । अब भने शान्त वातावरण कायम भइसकेकाले विद्यालयहरू पुनः सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img