Friday, March 13, 2026
23.1 C
Kathmandu
spot_img
Homeखेलवेष्ट इण्डिजसँग सिरिज खेल्ने नेपाली टोलीको घोषणा

वेष्ट इण्डिजसँग सिरिज खेल्ने नेपाली टोलीको घोषणा

spot_img

काठमाडौँ, मंगलबार, ३१ भाद्र २०८२ । वेष्ट इण्डिजसँग हुने सिरिजका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक स्टुअर्ट लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गर्नुभएको हो ।

घोषित टोलीमा रोहितकुमार पौडेल कप्तान र दीपेन्द्र सिंह ऐरी उपकप्तान हुनुहुन्छ । सिरिजका खेल २९ र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)को सरजाह क्रिकेट मैदानमा हुनेछ ।

नेपालले आइसिसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि सिरज खेल्न लागेको हो ।

टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गर्नुभएको छ । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा जोरा २०२४ को टी-२० विश्वकपपछि पहिलोपटक टोलीमा पर्नुभएको हो ।

दुवैले भारतको आसाममा भएको ५ खेलको टी-२० शृंखलामा नेपाल ‘ए’ बाट राम्रो प्रदर्शन गरेका थिए । नेपालले वेष्ट इण्डिजविरुद्ध सिरिजमा तीन टी-२० खेल खेल्नेछ ।

नेपालको टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी र साहब आलम रहनुभएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img