Saturday, February 7, 2026
8.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियसंविधान जोगाउन सहिद हुन तयार रहेको राष्ट्रपति पौडेलको भनाइ

संविधान जोगाउन सहिद हुन तयार रहेको राष्ट्रपति पौडेलको भनाइ

spot_img

काठमाडौँ, बिहीबार, २ आश्विन २०८२ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान जोगाउनुपर्ने सवालमा आफू सहिद हुनसमेत तयार रहेको बताउनु भएकाे छ ।

बिहीबार शीतल निवासमा नागरिक समाजका अगुवासँगको भेटमा उहाँले संविधानबाहिरबाट प्रधानमन्त्री बनाउने प्रयास गलत हुने भन्दै सबैलाई हठ त्याग्न आग्रह  गर्नुभएकाे बताउनु भएकाे छ । “संविधानसम्मत कुरा गरौँ, संविधान जोगाउने प्रधानमन्त्री बनाऔँ, संसद् विघटन प्रधानमन्त्रीले गर्ने हो भन्ने कुरा सम्झनुपर्छ,” भन्ने राष्ट्रपतिको भनाइ नागरिक अगुवा कुन्दन अर्यालले उद्धृत गर्दै भन्नुभयाे ।

भेटमा चीनका पूर्वराजदूत महेश मास्के, मानव अधिकारवादी मल्ल के सुन्दर, अधिवक्ता टिकाराम भट्टराई, पत्रकार कुन्दन दीक्षित, निर्मला शर्मा लगायत उपस्थित हुनु हुन्थ्याे। उहाँहरूले संविधानको थप क्षति नहोस् भनी राष्ट्रपतिलाई सचेत रहन आग्रह गर्नुभएकाे थियाे ।

नागरिक अगुवाहरूका अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने विषयमा राष्ट्रपति पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, वर्षमान पुन, कांग्रेस नेता बद्री पाण्डेसहितका नेतासँग छलफल गर्नुभएकाे थियाे ।

राष्ट्रपतिले अन्तरिम सरकार गठन अघि प्रतिनिधि सभा विघटन गर्न नचाहेको तर प्रधानमन्त्री कार्कीको सिफारिसपछि मात्र विघटन गर्न स्वीकृति दिएको स्पष्ट पार्नुभयाे। आन्दोलनकारीहरूले भने तत्काल संसद् विघटनको अडान लिएका थिए ।

नागरिक अगुवाहरूले जेन–जी आन्दोलनपछि संविधान मिचिएको भन्दै संविधानलाई ‘ट्रयाकबाहिर जान नदिनु’ राष्ट्रपतिको प्रमुख दायित्व भएको औंल्याएका थिए। भट्टराईका अनुसार राष्ट्रपतिले बाध्यात्मक अवस्थामा केही तलमाथि भए पनि अब संविधानलाई विचलित हुन नदिने दृढ अडान व्यक्त गर्नुभएकाे छ ।

राष्ट्रपतिले आगामी चुनावमार्फत संविधान पुनः मार्गमा आउने विश्वास समेत प्रकट गर्नुभयाे। तर अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन संविधानसम्मत नभएको भन्दै १४ जना नागरिक अगुवाका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका थिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img