गोरखा, शुक्रबार, ३ आश्विन २०८२ । गोरखाको अजिरकोटमा स्वास्थ्य बीमा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा स्वास्थ्य बीमा बोर्ड गोरखाको सह–आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गाउँ कार्यपालिकाको कार्यसमिति पधाधिकारी, स्वास्थ्य संस्थाका प्रमुख एवंम प्रतिनिधी, स्वास्थ्य बीमा दर्ता सहयोगी लगायतको सहभागीता रहेको थियो ।
करिव ३० जना सहभागी उक्त कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले सहजिकरण गरेका थिए ।
स्वाथ्य बीमाको आवश्यकता र फाइदाका बारेमा जानकारी गराइएको दवाडीले बताए । कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्ड गोरखाका प्रमुख रमेश कुमार घिमिरेले पनि सहजिकरण गरेका थिए ।
गाउँपालिकास्थित भच्चेक आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । गाउँपालिका उपाध्यक्ष अनिता भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु, स्वस्थ्य शाखाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।