Tuesday, February 10, 2026
10.1 C
Kathmandu
spot_img
Homeराजनीतिजेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा

जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा

spot_img

काठमाडौँ, शनिबार, १५ कात्तिक २०८२ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नामक मोर्चा औपचारिक रूपमा घोषणा गरिएको छ ।

बमले सामाजिक सञ्जालमार्फत २१ पृष्ठको विस्तृत दस्तावेजसहित यो मोर्चा सार्वजनिक गरेकी हुन् । जेनजी आन्दोलनलाई संस्थागत रूप दिने उद्देश्यले गठन भएको यो फ्रन्टले विभिन्न जेनजी समूहहरूलाई एकीकृत गर्ने लक्ष्य राखेको छ ।

फ्रन्टको संयोजकमा रक्षा बम रहेकी छिन् भने सदस्यहरूमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहता लगायतका युवा अगुवाहरू समावेश छन् ।

आज जारी गरिएको विज्ञप्तिमा फ्रन्टले जेनजी विद्रोहलाई संस्थागत गर्ने, विभिन्न एजेन्डाहरू एकीकृत गर्ने र जेनजी विद्रोहसँगै गठन भएका समूहहरूलाई एकताबद्ध गर्ने मुख्य उद्देश्य उल्लेख गरेको छ । यो समूहलाई राजनीतिक विचार मिल्ने सबै जेनजी समूहलाई एकीकृत गर्ने प्रारम्भिक प्लेटफर्मका रूपमा परिभाषित गरिएको छ ।

विज्ञप्तिमार्फत काठमाडौं तथा देशका विभिन्न भागमा जेनजी विद्रोहमा सक्रिय सबैलाई यो फ्रन्टमा जोडिन आह्वान गरिएको छ ।

फ्रन्टका संगठन समिति संयोजक युजन राजभण्डारीले यो समूहले संघीय संरचनामा काम गर्ने र चाँडै प्रदेश तथा जिल्लास्तरीय समितिहरू पनि घोषणा गरिने जानकारी दिएका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img