गोरखा, बिहीबार, २७ कात्तिक २०८२ । गोरखाको धार्चे गाउँपालिका वडा नं ७ लापुवेशी, प्रभात किरण मा वि मा ५४ लाख लागतमा शौचालय निर्माण भएको छ ।
नवनिर्मित नौ उक्त ९ कोठे शौचालय भवनको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।
नमस्ते गुम्दा स्वीट्जल्याण्डको सहयोग तथा प्राकृतिक बोन लम संस्थाको स्थानीय साझेदारीमा शौचालय निर्माण भएको हो । छात्राका लागि पाँच कोठा र छात्रका लागि चार कोठा गरी उक्त ९ कोठे शौचालयको मंगलबार संयुक्त रुपमा उद्घाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, नमस्ते गुम्दा स्वीजल्याण्डका प्रतिनिधि, वडा अध्यक्ष तथा सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । धार्चे गाउँपालिको सो विद्यालयलाई मेगा विद्यालय बनाउने लक्ष्यका साथ काम गरिरहेको छ ।









