Monday, March 2, 2026
12.1 C
Kathmandu
spot_img
Homeसंस्कृतिदेशभरका शिवालयमा शतबीज छरिँदै

देशभरका शिवालयमा शतबीज छरिँदै

spot_img

काठमाडौँ, बुधबार, ३ मङ्सिर २०८२ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज (बुधबार) बिहानैदेखि देशभरका शिवालयमा भक्तजनले नदीमा स्नान गरी शतबीज छर्दै छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवंगत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।

हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।

त्रयोदशी राति दिवंगत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवंगत पितृले मोक्ष पाउने जनविश्वास छ । पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरूप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भिड लाग्ने गर्दछ । पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबारअघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवंगत पितृका नाममा शतबीज छर्ने गरिन्छ ।

बाला चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि पूजा गर्ने गर्दछन् । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img