Monday, March 2, 2026
12.1 C
Kathmandu
spot_img
Homeराजनीतिसन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

spot_img

काठमाडौँ, सोमबार, ८ मङ्सिर २०८२ । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रको दोस्रो वार्षिक साधारण सभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष लोकेश ढकालले उद्घाटन गर्नुभएको सभामा बिभिन्न वक्ताहरूले धारणा राखेका थिए ।

सभामा संवैधानिक कानुनका विज्ञ तथा केन्द्रका आजीवन सदस्य प्रा.डा. विपिन अधिकारीले ‘किसुनजीको जीवन नै दर्शन हो’ भन्दै उहाँले कहिल्यै सम्पत्तिमा आसक्ति नराखेको स्मरण गर्नुभयो । उहाँले ०४७ सालको संविधानलाई उत्कृष्ट संवैधानिक दस्तावेज भन्दै यसको असफलता कार्यान्वयनकर्ताको कमजोरीका कारण भएको बताउनुभयो । ०७२ सालको संविधानमा अनेक त्रुटि रहेको उल्लेख गर्दै अधिकारीले ‘एक राजनीतिक शक्तिलाई पाखा लगाएर संविधान बनेकाले यो सहमतिको दस्तावेज बन्न सकेन’ भन्नुभयो । किसुनजी केन्द्रलाई उहाँमाथि गहन अध्ययन गर्ने थलोका रूपमा विकसित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

केन्द्रका संस्थापक सदस्य तथा डीएलएस अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले विशेष वा नियमित महाधिवेशनबारे मात्र बहस गर्दै बस्ने अवस्था देशमा नरहेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा ‘राजनीतिक निकासका लागि कांग्रेस शक्तिशाली बन्नु अत्यावश्यक छ’, भन्नुभयो ।

अर्का संस्थापक सदस्य तथा राजनीतिज्ञ खेमराज सेढाइँले ०४७ सालको संविधानलाई नेपालका लागि सबैभन्दा उपयुक्त संवैधानिक दस्तावेज भन्दै अहिलेको संविधानले देशलाई जोगाउन नसक्ने दाबी गर्नुभयो । कार्यक्रममा केन्द्रका संस्थापक सदस्य माधवप्रसाद उपाध्याय, अधिवक्ता रमेश ढकाल, कोमल लामिछाने, सचिव गणेशराज सिग्देल, अनार बस्नेत, डा. राजुभाई मानन्धरलगायतले केन्द्रका विविध गतिविधिबारे धारणा राखेका थिए ।

सभाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष शम्भु ठाकुरद्वारा प्रस्तुत आय-व्यय प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रमहरू अनुमोदन गर्दै सम्पन्न भएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img