Monday, March 2, 2026
11.1 C
Kathmandu
spot_img
Homeपालिका विशेष‘स्याउ खेती प्रवर्धन कार्यक्रम’ लाई उत्पादन विस्तार गर्ने तयारी : अध्यक्ष दीपक...

‘स्याउ खेती प्रवर्धन कार्यक्रम’ लाई उत्पादन विस्तार गर्ने तयारी : अध्यक्ष दीपक देवकोटा

spot_img

गोरखा, मंगलबार, ९ मङ्सिर २०८२ । स्याउ खेती परीक्षण सफल भएपछि गाउँपालिकाले ‘लक्षित स्याउ खेती प्रवर्धन कार्यक्रम’ लाई स्थायी रूपमा उत्पादन विस्तार गर्ने तयारी गरेको अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

गोरखाको अजिरकोट गाउँपालिका–२, मूलखर्कमा गाला र फुजी जातका स्याउ फल्न थालेका छन् । दुई वर्षअघि अजिरकोट गाउँपालिकाले परीक्षणका लागि इच्छुक किसानलाई निःशुल्क रूपमा उपलब्ध गराएको स्याउका बिरुवा अहिले राम्रोसँग हुर्कंदै फल्न थालेपछि किसान उत्साही छन् ।

अनुदानमा दिएका स्याउका बिरुवा परीक्षणका लागि स्थानीय सञ्जीव लामाले आफ्नो १५ रोपनी क्षेत्रफलमा लगाउनुभएको थियो । यस वर्ष पाँच क्विन्टल स्याउ उत्पादन गरी ३५० रुपियाँ केजीमा बिक्रीवितरण भएपछि गाउँका अन्य किसान पनि यस खेतीतर्फ आकर्षित भई स्याउ रोपेका छन् ।

स्याउ उत्पादक लामा पहिले स्याउ फल्ने कल्पना नै नभएको ठाउँमा अहिले बाहिरबाट स्याउ ल्याउनुपर्ने बाध्यता हटेको बताउनुहुन्छ । “अहिले स्थानीय तथा सहरका मानिस आएर बोटमै टिपेर सहर बजारमा स्याउ लैजाँदा आफैँलाई अनौठो लागेको छ,” उहाँले भन्नुभयो ।

बोटमा लटरम्म फलेका लालीमायुक्त स्याउका फलहरू देखेपछि अरू किसान पनि उत्साहका साथ स्याउ खेतीतर्फ आकर्षित भइरहेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img