Monday, March 2, 2026
11.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषभिमसेनथापा गाउँपालिकामा आ व २०८२/०८३ को प्रथम चौमासिक कार्यसम्पादन समिक्षा सम्पन्न

भिमसेनथापा गाउँपालिकामा आ व २०८२/०८३ को प्रथम चौमासिक कार्यसम्पादन समिक्षा सम्पन्न

spot_img

गोरखा, बुधबार, १० मङ्सिर २०८२ । गोरखाको भिमसेनथापा गाउँपालिका सभाहलमा आ व २०८२/०८३ को प्रथम चौमासिक कार्यसम्पादन समिक्षा तथा नमूना टोल निर्माणसम्बन्धी प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । भिमसेनथापा गाउँपालिकाले “दिगो विकास, सक्षम संस्था र सशक्त टोल/समुदाय” भन्ने मूल लक्ष्यलाई मार्गदर्शन बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी एबम् प्रबिधि मैत्री र उपलब्धिमुखी बनाउन निरन्तर रूपान्तरणकारी प्रयास गरिरहेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जाराको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष श्रीमती अमृतादेवी वस्ती भट्टको विशिष्ट आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा, प्रत्यक बिषयगत समिति, शाखा, उप-शाखा, कार्यक्रम, इकाई तथा वडाबाट प्राप्त विकासगत प्रगति, सार्वजनिक सेवा वितरणको प्रभावकारिता, सामुदायिक नेतृत्वका पहलहरू तथा नमूना टोल निर्माणका सम्भावित मापदण्डहरूको गहिरो विश्लेषण गरिएको थियो ।

कार्यक्रमले सबै शाखा, इकाइ तथा वडा संरचनाबीच समन्वित शासन (coordinated governance) को आवश्यकता पुनः पुष्टि गरिएको थियो । साथै, नागरिक अनुकूल सेवा प्रवाह, तथ्य आधारित योजना निर्माण र परिणाम केन्द्रित कार्यान्वयनलाई आगामी चौमासिकका लागि पालिकाको प्रमुख प्राथमिकताका रूपमा प्रतिपादन गरिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img