Tuesday, February 10, 2026
10.1 C
Kathmandu
spot_img
Homeराजनीतिगोरखाबाट चुनाव लड्न चाहने कांग्रेसका आकांक्षीहरुको नामावली संकलन

गोरखाबाट चुनाव लड्न चाहने कांग्रेसका आकांक्षीहरुको नामावली संकलन

spot_img

गोरखा, सोमबार, २२ मङ्सिर २०८२ । नेपाली कांग्रेस गोरखाका क्षेत्रीय समितिहरुले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका आकांक्षी उम्मेद्वारको नामावली संकलन गरेको छ । आइतबार सम्पन्न क्षेत्रीय कार्यसमितिको बैठकले सबै आकांक्षी उम्मेद्वारहरुको नामावली संकलन गरेको जिल्ला कार्यसमितिका सचिव किशोरजंग थापाले जानकारी दिनुभयो ।

आउँदो फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट प्रत्यक्षतर्फ सातजना आकांक्षीहरुले समितिमा नामावली दर्ता गराउनु भएको हो । प्रकासचन्द्र दवाडी, दीपकबाबु कँडेल, नवीन श्रेष्ठ, वेदप्रसाद काप्री, ओमबहादुर गुरुङ, फणिन्द्र धिताल र मोहनप्रकाश पोखरेलले नाम दर्ता गराएका क्षेत्रीय सभापति गोविन्द गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी क्षेत्र नं. २ बाट सात जनाले नै समानुपातिकतर्फ आकांक्षीको नाम दर्ता गराउनु भयो । सभापति गुरुङका अनुसार अम्बिका न्यौपाने, शोभा अधिकारी, मनोजप्रसाद धिताल, मनकुमारी गुरुङ, इश्वरबहादुर परियार, प्रा. सलाउद्दीन मियाँ र रविकला खनालले आकांक्षी उम्मेद्वारको सूचीमा नाम दर्ता गराउनु भएको हो ।

त्यस्तै राष्ट्रिय सभातर्फ क्षेत्र नं २ बाट पिताम्बर बडु, अब्दुल सतार, हरिबहादुर घले, राजनदेव भट्टले आकांक्षीको नाम दर्ता गराएका गुरुङले बताउनु भयो।

त्यस्तै क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा पनि नौजना आकांक्षी उम्मेद्वारले नामावली दर्ता गराउनु भएको छ । क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेद्वार हुन चाहनेहरूमा भूगोल थापा, राजेन्द्र बजगाईँ, युवराज बस्ताकोटी, डिल्लिराज तिमिल्सिना, जनार्दन अर्याल, पूर्णबहादुर दाहाल, जानुका पन्त, चिनकाजी श्रेष्ठ र प्रेम खत्रीले नाम दर्ता गराउनु भयो ।

त्यस्तै, समानुपातिकतर्फ ६ जनाले आकांक्षा व्यक्त गर्दै नाम दर्ता गराउनु भयो । ईश्वर पाण्डे, कमला लामिछाने, हरिबहादुर गान्धारी, परशुराम भट्ट, जगत बराम र सन्तबहादुर गुरुङले नाम दर्ता गराएका क्षेत्रीय समितिले जनाएको छ । राष्ट्रियसभाका लागि जीवनप्रेम श्रेष्ठले नाम दर्ता गराएका क्षेत्रीय कार्यसमितिले जानकारी दिएको छ ।

प्राप्त सबै नामावलीलाई क्षेत्रीय कार्यसमितिको बैठक बसी रायसहित सोमबार जिल्ला कार्यसमितिमा पेश गर्ने क्षेत्रीय सभापति गोविन्द गुरुङले जानकारी दिनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img