Tuesday, February 10, 2026
10.1 C
Kathmandu
spot_img
Homeराजनीतिएमालेको ११औँ महाधिवेशन : अन्तिम समयमा स्थगित मतदान आज हुँदै

एमालेको ११औँ महाधिवेशन : अन्तिम समयमा स्थगित मतदान आज हुँदै

spot_img

काठमाडौँ, बुधबार, २ पौष २०८२ । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया आज (बुधबार) बिहान ८ बजेबाट शुरु हुने भएको छ । मंगलबार मतदान हुने भनिएपनि पटक-पटक समय परिवर्तन गरेर अन्तिम समयमा स्थगित गरिएको हो ।

नेतृत्व चयनका लागि अन्तिम पटक मंगलबार साँझ ७ बजेदेखि मतदान गर्ने निर्वाचन कार्यतालिका तय गरिएको थियो । तर, प्राविधिक तयारी पूरा नभएको जनाउँदै हुने भनिएको मतदान कार्यक्रम स्थगित गरिएको एमालेको निर्वाचन आयोगले जनाएको हो । आयोगका अनुसार प्रतिनिधिहरूलाई आज बिहान भृकुटीमण्डपमा उपस्थित हुन आग्रह गरिएको छ । निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ भने रामलक्ष्मण भोटिङ मेसिनमार्फत मतदान हुने आयोगले जानकारी दिएको छ ।

महाधिवेशनको निर्वाचनअन्तर्गत वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर चुनावी मैदानमा छन् । पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानविनपछि अन्तिम नामावली प्रकाशन गरेको थियो । जसअनुसार अध्यक्षमा दुईजना, उपाध्यक्षमा ११ जना, महासचिवमा दुईजना, उपमहासचिवमा सातजना, सचिवमा २० जना उम्मेदवार छन् ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार हुनुहुन्छ । पाँचजना उपाध्यक्षका लागि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार हुनुहुन्छ ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार हुनुहुन्छ । त्यस्तै, तीनजना उपमहासचिवका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार हुनुहुन्छ ।

नौजना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की हुनुहुन्छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img