Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeखेलप्रथम आरुघाट भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ गलकोट र आयोजक आरुघाट युवा...

प्रथम आरुघाट भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ गलकोट र आयोजक आरुघाट युवा क्लबलाई

spot_img

गोरखा, सोमबार, ७ पौष २०८२ । प्रथम आरुघाट भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ गलकोट र आयोजक आरुघाट युवा क्लबले उचालेका छन् । शनिवार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिका तनहुँलाई हराउँदै घले हार्भेस्टिङ बिजयी बनेको हो । घले हार्भेस्टिङले ३–१ गोलको सहज जित निकाल्दै ट्रफी उचालेको छ ।

महिला तर्फको उपाधि रक्षा गरेको आयोजक आरुघाट युवा क्लबले मनास्लु भलिबल टे«निङ सेन्टर काठमाण्डौंलाई सोझो सेटमा पराजित गरेको आयोजकले जनाएको छ । पुरुष तर्फ बौद्धकाली गाउँपालिका तेस्रो भएको छ । महिला तर्फ भने पन्द्रुङ युवा क्लब गोरखाले तेस्रो स्थानमा चित्त बुझायो । बौद्धकालीसँग पराजित भएको भिमसेन थापा र पन्दु्रङ युवा क्लबसँग पराजित भएको जैमनी गाउँपालिका सान्तोना भएका छन् ।

बौद्धकालीले भिमसेनलाई २–० को सोझो सेटमा हराएको थियो । पन्दु्रङले जैमिनीलाई २–१ को सेटमा पराजित गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै बेम्बो कटेज आरुघाटका सञ्चालक उदय श्रेष्ठले व्यक्तिगत १० हजार रुपैयाँ प्रदान गरेका छन् ।

महिलातर्फ उपाधि जितेको आयोजक टोलीले नगद १ लाख ५० हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । उक्त टिमलाई उदय श्रेष्ठले व्यक्तिगत रुपमा थप १० हजार प्रदान गरेका थिए । पुरुषतर्फ दोस्रो टोलीले १ लाख २५ हजार तेस्रोले ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
महिलातर्फ दोस्रो भएको टोलीले १ लाख, तेस्रोले ५० हजार र सान्त्वना हुने २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

पुरुष तर्फ घले हार्भेस्टिङका सन्तोष बि.के र महिला तर्फ आरुघाट युवा क्लबकी जेनिसा बिश्वकर्मा बेस्ट प्लेयर घोषित भए । पुरुषतर्फका बेस्ट प्लेयरले नगद पुरस्कारसहित ३२ इन्चको स्मार्ट टिभी र महिलातर्फकी बेस्ट प्लेयरले भ्याकुम क्लिनर प्राप्त गरेका छन् । यसोदा कम्पनीका टिभी र भ्याकुम क्लिनर युनिक श्रेष्ठले प्रदान गरेका हुन् । साथै आयोजक आरुघाट युवा क्लवलाई एक थान वासिङ मेसिन पनि उपहारस्वरूप प्रदान गरिएको छ ।

प्रतियोगिताको विद्यागत रुपमा उत्कृष्ठ खेल प्रर्दशन गर्ने खेलाडीलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाका बिशाल ठकुरी बेस्ट सर्भर, अशोक मल्ल ठकुरी बेस्ट सटर, बौद्धिकाली गाउँपालिकाका विश्वास अधिकारी बेस्ट ब्लकर र भिमसेन थापा गाउँपालिकाका बिक्रम श्रेष्ठ बेस्ट डिफेन्डर घोषित भएका छन् । यसैगरी घले हाभेस्टिङका अशोक सुनार बेस्ट स्पाइकर, मुकेश सेन्चुरी बेस्ट कोच भएको आयोजकले जनाएको छ । यसैगरी महिला तर्फ पन्द्रुङ युवा क्लब बारपाक–सुलिकोटकी नेहा चौधरी बेस्ट सर्भर, मनास्लु भलिबल टूेनिङ सेन्टर, काठमाडौंकी रक्जिना बोटे बेस्ट स्पाइकर भएकी छिन् ।

आरुघाट युवा क्लबका भावना तामाङ बेस्ट सेटर, सुनिता खत्री बेस्ट ब्लकर, एन्जिला प्रधान बेस्ट डिफेन्डर र ललिता नाथ बेस्ट कोच घोषित भएका छन् । भलिबल प्रतियोगितासँग आँगन खाना महोत्सव पनि भएको थियो । महोत्सवमा विभिन्न खालका नेवारी खानाका परिकारहरु राखिएका थिए । त्यसैगरी गुरुङ माझी, दराई खस लगायत विभिन्न जातजातीका झाँकी भजन लगायतका स्थानीय कला तथा संस्कृतिहरु प्रर्दशन गर्नुको साथै प्रस्तुत गरिएको थियो ।

कार्यक्रम अबधिभर विभिन्न कलाकारहरुले प्रस्तुति समेत देखाएका थिए । प्रतियोगिताका सम्पूर्ण खेलहरू सम्पन्न गर्ने अन्तर्राष्ट्रिय रेफ्री बिकास गुरुङको टोलीलाई आयोजकले कदरपत्र प्रदान गरेको थियो । बिजेता टिमलाई गाउँपालिका अध्यक्ष राजु गुरुङले पुरस्कार वितरण गरेका थिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img