Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeफोटो फिचरप्रथम तमू फोटो प्रतियोगिता, राम गुरुङ प्रथम

प्रथम तमू फोटो प्रतियोगिता, राम गुरुङ प्रथम

spot_img

काठमाडौँ, बिहीबार, १० पौष २०८२ । तमू ल्होसारको अवसरमा प्रथम तमू फोटो प्रतियोगिताको आयोजना गरिएको छ ।

तमू ल्होसारको अवसरमा अन्तर्राष्ट्रिय तमू परिषद् (ITC) को आयोजना र तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (ATJON) को सहआयोजनामा प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको लागि गत पुस मंसिर २२ गते आह्वान गरेको थियो । प्रतियोगितामा पुस ३ गते भित्र आएका १६८ तस्बिरबाट २५ तस्बिर छनौट गरिएको थियो। प्रतियोगितामा तमू पत्रकारले खिँचेको तस्बिर मात्र समावेश गरिएको थियो । आगामी वर्षमा गैर तमूपत्रकारले खिँचेका तस्बिर समावेश हुनेछ ।

आज एक कार्यक्रमको आयोजना गरेर पुरस्कारको निर्णय सार्वजनिक गरेको छ। प्रतियोगितामा राम गुरुङ प्रथम, युवराज गुरुङ द्वितिय, आश गुरुङ तृतिय तथा नबिनबाबु गुरुङ र सुजन गुरुङ सान्त्वना हुनु भएको थियो । पुरस्कार वितरण पुस १४ गते टुँडिखेलमा आयोजना हुने ल्होसार कार्यक्रममा हुनेछ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img