Monday, March 2, 2026
21.1 C
Kathmandu
spot_img
Homeराजनीतिमुस्लिम आयोगका पूर्वअध्यक्ष समिम अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’

मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’

spot_img

काठमाडौँ, शनिबार, १९ पौष २०८२ । मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो ।

पार्टी घोषणा कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दाबी गर्नुभयो । पार्टीको मुख्य लक्ष्य जनताको हित र राष्ट्र निर्माणमा केन्द्रित रहने उहाँको भनाइ छ । उहाँले पार्टी कुनै व्यक्तिगत स्वार्थ वा फाइदाका लागि गठन नगरिएको स्पष्ट पार्दै सबै भूगोल, जातजाति र समुदायलाई समेटेर समावेशी बनाइएको जिकिर गर्नुभयो । पार्टीको चुनाव चिन्ह पानीको बोतल प्रस्ताव गरिएको छ ।

उहाँले भन्नुभयो, ‘अन्य पार्टीको तुलनामा यो पार्टीको फरक विचार छ । यो पार्टीको उद्देश्य जनताको हितमा काम गर्ने हो । देशको हितमा काम गर्ने, राष्ट्रको निर्माणका लागि काम गर्ने हो । कुनै व्यक्तिगत स्वार्थ र व्यक्तिगत फाइदाका लागि पार्टी गठन गरिएको होइन । हामी सबै भुगोल, सबै जातजाति र सबै समुदायलाई समेटेर पार्टीलाई समावेशी बनाएका छौँ । हामी छिमेकी मुलुकहरुसँगको परराष्ट्र सम्बन्धलाई बढीभन्दा बढी मजबुत बनाउँदै उहाँहरुको सहयोगमा मुलुकको विकासमा लाग्नेछौँ । हामीले सबै छिमेकी मलुकहरुसँग मित्रता कायम गर्नेछौँ ।’

उहाँले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको सहयोगमा देशको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img