गाेरखा, सोमबार, २१ पौष २०८२ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका भित्रका ७०० भन्दा बढी बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । पालिका भित्र रहेका ७ वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन ७०६ जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउनु भयो ।
गाउँ वातावरण नेपालको सहयोगमा पालिका भित्रका बालबालिकालाई ट्रयाकसुट, ट्राउजर तथा न्यानो टोपी लगायतका सामाग्रीहरु वितरण गरिएको हो । जस अन्तरर्गत माइकोट माध्यमिक विद्यालय, ताकूकोटका १४३ जना, माझथर माध्यमिक विद्यालय, माझथरका ३६५ जना, भगवती आधारभूत विद्यालय, मान्द्रेका ७६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तैगरी, चन्द्रकला आधारभूत विद्यालय, आरुखर्कका ६७ जना, मूलदेवी आधारभूत विद्यालय, ग्याजी हुडिफाटका ३३ जना, धर्मवती आधारभूत विद्यालय, भालुस्वाराका १३ जना र नारदपोखरी आधारभूत विद्यालय, तुम्सिकाका ७ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
जाडोयाममा पहाडी ग्रामीण भेगका बालबालिकालाई न्यानो लुगाको अभावमा विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरु संग समन्वय गरी न्यानो कपडा वितरण गरिएको पालिकाले जनाएकाे छ । ३ दिनसम्म प्रत्येक विद्यालय नै पुगेर कपडा वितरण गरिएको थियाे ।
अघिल्लो बर्ष न्यानो कपडा वितरण नभएका विद्यालयहरु छनौट गरेर यसवर्ष न्यानो कपडा वितरण गरिएको हो । पर्यटन व्यवसायीसमेत रहनु भएका समाजसेवी ठाकुर धिताल र बारपाक सलिकोटका स्थानीयबासी नरबहादुर गुरुङको विशेष पहलमा संस्थासंग समन्वय गरेर बालबालिकालाई न्यानो कपडा उपलब्ध गराइएको हो ।









