Monday, March 2, 2026
21.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियसमाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका

समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका

spot_img

काठमाडौँ, सोमबार, २१ पौष २०८२ । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमन चैन कायम राख्दै बहुसांस्कृतिक र बहुजातीय उक्त देशमा धार्मिक विद्वेष फैलने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह गर्नु भएको छ।

सोमबार गृह मन्त्रालयमा नागरिक समाजका अगुवाहरूसँग भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गर्नु भएको हो।

भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालमाको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोंचहरूलाई चिर्न र समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो।

छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक-अर्काको धर्ममा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img