Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeसाहित्यगोरखाको भीमसेन थापा गाउँपालिकामा नियमित स्वास्थ्य सेवा सञ्चालन

गोरखाको भीमसेन थापा गाउँपालिकामा नियमित स्वास्थ्य सेवा सञ्चालन

spot_img

गोरखा, बुधबार, २३ पौष २०८२ । गोरखाको भिमसेनथापा गाउँपालिकाले प्रदेश अस्पताल गोरखासँगको सहकार्यमा नियमित रूपमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकास्थित सहिद स्मृति आधारभूत अस्पताल, भिमसेनथापा–६ अश्राङमा पुस महिनादेखि हरेक महिना नियमित रुपमा विशषज्ञ स्वास्थ उपचार सेवा सञ्चालन गर्न लागेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुुख भेषराज खनालले जानकारी दिनुभयो ।

गाउँपालिकाले प्रदेश अस्पतालसंग सम्झौता गरेर सेवा सुरु गर्न लागेसंगै अवदेखि विशेषज्ञ उपचार सेवाका लागि गोरखा सदरमुकाम वा अन्य ठूला शहरतर्फ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

स्वास्थ्य बीमामा आवद्ध भएका बिरामीले बीमा कार्ड लिएर आउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिकाले ‘टोल–टोल, घर–घरमै स्थानीय सरकार’ भन्ने नारालाई व्यवहारिक रूप दिन स्वास्थ्य सेवा, पूर्वाधार र जनजीविकासँग प्रत्यक्ष सम्बन्धित कार्यक्रममा जोड दिदै आएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img