काठमाडौँ, बिहीबार, २४ पौष २०८२ आधुनिक नेपालमा महिलाहरूको भूमिका दिनानुदिन विस्तार हुँदै गएको छ। घरपरिवारको व्यवस्थापनदेखि व्यवसाय सञ्चालनसम्म, हरेक क्षेत्रमा महिलाहरूले आफ्नो क्षमता उत्कृष्ट रूपमा प्रदर्शन गर्दै आएका छन्। तर, आर्थिक स्वतन्त्रता र सुरक्षित भविष्यका लागि बचत तथा बैंकिङ सेवाको पहुँच अझै पनि धेरै महिलाहरूका लागि चुनौतीपूर्ण छ। यही आवश्यकतालाई मध्यनजर गर्दै नबिल बैंकले केही वर्ष अघि ल्याएको नबिल प्रिमियम नारी बचत खाता महिलाहरूमाझ लोकप्रिय बन्दै गएको छ। यो खाता केवल एक सामान्य बचत खाता मात्र होइन, बरु महिलाहरूको आर्थिक सशक्तीकरण र वित्तीय समावेशीताको महत्वपूर्ण कोसेढुङ्गा साबित हुँदै आएको छ।
नबिल बैंक नेपालको पहिलो निजी क्षेत्रको व्यावसायिक बैंक हो, जसले सन् १९८४ मा स्थापनादेखि नै नवीन र समावेशी बैंकिङ सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। महिलाहरूको विशेष वित्तीय आवश्यकतालाई बुझेर बैंकले यो प्रिमियम खाता लन्च गरेको थियो । “महिलाहरूलाई आर्थिक स्वतन्त्रता प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो,” नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्मा भन्नुहुन्छ। यो खाताले शहरदेखि ग्रामीण क्षेत्रसम्मका महिलाहरूलाई औपचारिक बैंकिङ प्रणालीमा जोडदै आएको छ । न्यूनतम मौज्दात मात्र ५,००० रुपैयाँमा खोल्न सकिने यो खाताले महिलाहरूलाई सुरक्षित, सुविधाजनक र लाभपूर्ण बचतको अवसर प्रदान गरेको छ ।
प्रमुख बजार अधिकृत शर्माका अनुसार यो खाता अन्य सामान्य बचत खाताभन्दा विशेष हुनुका मुख्य कारणहरू छन्। यसमा वार्षिक उच्च ब्याज दर प्रदान गरिन्छ, जसले बचतलाई निरन्तर वृद्धि गर्न सहयोग गर्छ। पहिलो वर्ष मोबाइल बैंकिङ र भिसा डेबिट/क्रेडिट कार्ड पूर्ण रूपमा निःशुल्क हुन्छ। यसबाहेक, निःशुल्क चेकबुक, बैंक स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट उपलब्ध छन्; पूर्ण निःशुल्क इन्टरनेट बैंकिङ सेवा छ; स्विफ्ट ट्रान्सफरमा ५०% छुट दिइन्छ; तथा आवश्यकता अनुसार लकर सुविधा पनि प्रदान गरिन्छ।
यी सुविधाहरूले महिलाहरूलाई बैंकिङ कारोबारमा अतिरिक्त खर्चको बोझबाट मुक्त गर्छन् र बचतलाई प्रोत्साहन दिन्छन्। विशेष गरी ग्रामीण तथा कम सेवा पुगेका क्षेत्रका महिलाहरूका लागि यो खाता ठूलो राहत साबित भएको छ। नबिल बैंकको देशव्यापी शाखा सञ्जालले सहज पहुँच सुनिश्चित गरेको छ।
नेपालमा महिलाहरूको वित्तीय समावेशीता अझै कमजोर छ। धेरै महिलाहरू औपचारिक बैंकिङबाट टाढा रहँदा उनीहरूको आर्थिक निर्णयक्षमता सीमित हुने गरेको छ। नबिल बैंकले यो खातामार्फत महिलाहरूलाई मुख्यधारको बैंकिङमा ल्याउने प्रयास गर्दै आएको छ । बैंकको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिएर यो उत्पादनले वित्तीय साक्षरता बढाउने र महिलाहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
“नबिल बैंक महिलाहरूको आर्थिक स्वतन्त्रता र सुरक्षाप्रति सदैव प्रतिबद्ध छ,” प्रमुख बजार अधिकृत शर्मा भन्नुहुन्छ। “यो खाता आधुनिक महिलाका लागि पूर्ण वित्तीय उपकरण हो, जसले उनीहरूलाई सशक्त बनाउँछ र सुरक्षित भविष्य प्रदान गर्छ। यो खाताले बचत बानीलाई प्रोत्साहन मात्र गर्दैन, क्रेडिट कार्ड र डिजिटल बैंकिङजस्ता आधुनिक सुविधासँग पनि परिचित गराउँछ। फलस्वरूप, महिलाहरूले आफ्नो पैसाको पूर्ण नियन्त्रण आफैंमा राख्न सक्छन् र आवश्यकता अनुसार लगानी वा व्यवसायमा प्रयोग गर्न सक्छन्।”
नेपालमा महिलाहरूले व्यवसाय सञ्चालन गर्दा क्रेडिट अभावको समस्या झेल्नुपर्ने अवस्था छ। नबिलले यसअघि नै ‘नबिल नारी कर्जा’ जस्ता उत्पादनहरू ल्याएर महिल उद्यमीहरूलाई सहयोग गर्दै आएको छ। यो बचत खाताले त्यसलाई पूरक भूमिका निर्वाह गर्छ—बचतबाट सुरु गरेर कर्जा र लगानीसम्मको यात्रालाई सहज बनाउँछ। ग्रामीण महिलाहरूका लागि यो विशेष उपयोगी छ, किनकि यसले घरैबाट मोबाइल बैंकिङमार्फत कारोबार गर्न सिकाउँछ र औपचारिक प्रणालीमा जोड्न मद्दत गर्छ।
महिलाहरूको आर्थिक सहभागिता बढाउनु राष्ट्रिय विकासका लागि अपरिहार्य छ। विभिन्न अध्ययनहरूले देखाएका छन् कि महिलाहरूले आफ्नो आयको नियन्त्रण पाउँदा परिवारको शिक्षा, स्वास्थ्य र पोषणमा उल्लेखनीय सुधार आउँछ। परम्परागत समाजमा महिलाहरूको बैंक खाता खोल्ने दर कम रहेकामा यो खाताले त्यो खाडल पुर्ने प्रयास गरेको छ। यसले महिलाहरूमात्र होइन, उनीहरूको परिवार र समुदायलाई पनि दीर्घकालीन लाभ पु¥याउँछ।
खाता खोल्नका लागि आवश्यक कागजातहरू सरल छन्: नागरिकता/पासपोर्ट र फोटो मात्र। नजिकैको नबिल बैंक शाखामा गएर सजिलै खोल्न सकिन्छ। “हजारौं महिलाहरूले यो खातामार्फत आफ्नो भविष्य सुरक्षित बनाइसकेका छन्,” शर्मा भन्नुहुन्छ।









