Monday, March 2, 2026
11.1 C
Kathmandu
spot_img
Homeसहकारीनवरत्न बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारणसभा सम्पन्न

नवरत्न बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारणसभा सम्पन्न

spot_img

ललितपुर, शनिबार, २६ पौष २०८२ । गोदावरी नगरपालिका वडा नं ३ टौखेलमा अवस्थित नवरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधारणसभा एक समारोहका बिच सम्पन भएको छ । गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राज घिमेरेको प्रमुख आथित्यतामा भएको थियो ।

संस्थाका अध्यक्ष देवराज गिरीकाअनुसार बचतकर्ताले आफुले कमाएको रकम सही रुपमा बचत गर्दै आएका हुनाले आजका दिनसम्म संस्थाले आफ्नो शेयर सदस्यहरूलाई सन्तोषजनक प्रतिफल दिन सक्ने गरि नाफा आर्जन गर्न सफल भएको उहाँले बताउनु भयो । सदस्यको समृदिको प्रतिबद्वता, बचतकर्ताको रकमको प्रतिबद्वता र सम्पूर्ण विवरण सहित परीक्षण, सल्लाह सुझावको पूर्ण प्रतिबद्वता लिन तयार रहेको बताउनु भयो ।

आर्थिक वर्ष ०८१/०८२ मा कुल आम्दानी रु. ३,२०,०८,५४९/- रहेको उहाँले बताउनु भयो । संस्थाले एक आर्थिक वर्ष मा कुल खर्च रु. २,३०,५७,६४३/- रहेको मा कुल खर्च कटाई जम्मा आम्दानी रु.८९,५०,९०६/- रुपैया नाफा गर्न सफल भएको अध्यक्ष देवराज गिरीले बताउनु भयो ।

आर्थिक वर्ष ०८१/०८२ मा सदस्य शेयर पुजी र बचत बृद्धि गर्ने लक्ष्य लिएको सस्थाले यस बर्ष शेयर सदस्यहरुले आफ्नो शेयर र बचत रकम बुद्धि रु. ३,०८,७०० बृद्धि गरि रु.१,२८,२८,५००/रुपैया पुर्याउन सफल भएको छ । यसैगरी निक्षेप तर्फ गत वर्षको अनुपातमा रु ३,३१,४१,२३२ बचत रकम वृद्धि भई रु. २१,७३,५६,६५५/रुपैया निक्षेप संकलन भएको अध्यक्ष देवराज गिरीले बताउनु भयो ।

त्यसैगरी कर्जा लगानी तथा अशुली तर्फ बचत तथा ऋणको कारोबार गर्ने संस्थाको सन्दर्भ व्याजदरले गर्दा ऋण लगानीमा तोकेको अधिकतम व्याजदरको कारण र बैंक तथा वित्तिय संस्थामा थुप्रिएको अधिक लगानी योग्य रकमले गर्दा सस्थाले अघिल्लो वर्षको तुलनामा भन्दा अधिक तरलताको कारण सस्थाले सोचे अनुरुप नाफा आर्जन गर्न नसकेतापनि यस वर्ष पनि सस्थाले कृषि, उद्योग शिर्षक अन्तर्गत धितो, धन जमानि राखि रु.२१,८८,६५,७४२/रुपैया लगानी गरि रु. ८९,५०,९०६/रुपैया नाफा आर्जन गर्न सफल भएको उहाले बताउनु भयो ।

साधारणसभामा संस्थाको सम्पूर्ण विवरण सहित परीक्षणको प्रतिवेदन, कोषाध्यक्षदिपा खत्रि र लेखा सुपरिवेक्षण समितिका रामहरी खड्काले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img