Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeअर्थ व्यवसायआयल निगमको खुद नाफा १३ अर्ब ६७ करोड

आयल निगमको खुद नाफा १३ अर्ब ६७ करोड

spot_img

काठमाडौँ, सोमबार, २८ पौष २०८२ । नेपाल आयल निगमले एक वर्षमा ३६७ अर्ब रूपैयाँको कारोबार गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार गत आर्थिक वर्षमा निगमले स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट उक्त रकम बराबरको कारोबार गरेको हो ।

‘गत आवमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट कुल ३६७ अर्बको कारोबार गरेकोमा खुद नाफा १३ अर्ब ६७ करोड भएको र सरकारी राजस्वमा १२४ अर्बको योगदान गरेको छ’, निगमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कार्यकारी निर्देशक भट्टका अनुसार निगमले गत आर्थिक वर्षमा पेट्रोल ६३ हजार कि.लि.; डिजेल १२२ हजार कि.लि.; मट्टितेल २ हजार कि.लि.; हवाई इन्धन १८ हजार कि.लि. र एल.पी. ग्यास ४६ हजार टन आपूर्ति गरिएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img